८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

जोशीको सुनुवाइमा ढिलाई भईरहेकोमा पूर्व अर्थमन्त्री महतको आपत्ति



काठमाण्डौ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रस्तावित प्रधानन्यायाधिश दीपकराज जोशीको सुनुवाई संसदीय सुनुवाई विशेष समितिले ढिलाई गरिरहेकोमा आपत्ति जनाउनु भएको छ ।
नेता महतले प्रस्तावित प्रधानन्यायाधिश जोशीको सुनुवाईमा ढिलाई गरेर दुई तिहाईको बलमा सरकारले संवैधानिक निकायलाई तर्साउन खोजिरहेको आरोप पनि लगाउनु भयो । शुक्रबार नेपाल वित्तिय संस्था कर्मचारी संघ, राष्ट्रिय समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले मुलुकको विधि र सुुशासन समाप्त पारेको दावी समेत गर्नु भयो ।

नेता महतले सरकारले नियमनको अधिकार कटौति गरेर विमा विधेयक संसदमा पेश गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो ।

प्रकाशित मिति : १८ श्रावण २०७५ शुक्रबार ००:००  १० : ३० बजे