मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको बालमन्दिर बिल्डिङ, तौलिहवामा अवस्थित कपिलवस्तु मनि ट्रान्सफर प्रालिले आफ्ना ग्राहकलाई उपहार वितरण गरेको छ । मनि ट्रान्सफर प्रालिले विगत १३ बर्ष देखि ग्राहकहरुलाई रेमिटान्सबाट सेवा उपलब्ध गराउँदै आएको छ । बिदेश तथा स्वदेशबाट पठाएको रकम छिटो, छरितो तथा सुलभ तरिकाबाट ग्राहकहरुलाई रेमिटान्स सेवा दिँदै अएको ट्रान्सफर प्रा.लि.ले आफ्नो १३ औं बर्ष पुरा भएको उपलक्ष्यमा उपहार दिएको बताइएको छ ।
हिमालय बैकंको CONTINENTAL FINANCIAL SERVICES ( C. F.S.) रेमिट मार्फत घाम र बर्षा बाट बाच्न तथा बिदेशमा रहेका अफन्तहरु सगं कुरा गर्न सहज होस भनेर निःशुल्क नमस्तेको सिम कार्ड तथा असहाय बृद्धा ग्राहकहरु लाई छाता, टोपी, क्यालेन्डर तथा पेन केरिगं लगायतका सामाग्रीहरु बितरण गरिएको प्रालिले जनाएको छ ।
यस मनि ट्रान्सफरले हिमालय बैक को CSF /]ld6 WESTERN UNION KO CG FINCO, CITY EXPRESS MONEYTRANSFER, IME, PARVHU REMIT , BOOM REMIT, YES REMIT, BEST REMIT, NMB BANK (SULAV REMIT ) आदि रेमिटहरु सञ्चालन गर्दै आएको प्रा.लि.का अध्यक्ष इमरान खानले बताए । उपहार पाएपछि सेवाग्राही खुसी भएका थिए ।
१७ श्रावण २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया