८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बृहत लुम्बिनी गुरुयोजना छिट्टै पुरा हुन्छ : उपाध्यक्ष त्रिपाठी



भुपाल थापा, कपिलबस्तु ।
लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले अधुरो रहेको राष्ट्रिय गौरवको बृहत लुम्बिनी गुरुयोजना पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । उपाध्यक्ष नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला रुपन्देही पुग्नुभएका उपाध्यक्ष त्रिपाठीले लुम्बिनी र लुम्बिनी क्षेत्रका स्थानीय बासिन्दाबीच रहेको खाडल पुर्न पहल गर्ने पनि बताए । लुम्बिनी विकास कोषले बुधबार लुम्बिनीमा आयोजना गरेको स्वागत तथा सम्मान एवं पदभार ग्रहण कार्यक्रमलाई संबोधन गर्दै उनले पहिलो प्राथमिकता बृहत लुम्बिनी गुरुयोजनालाई छिटो भन्दा छिटो र सुन्दर तरिकाले सम्पन्न गर्ने प्रतिबद्धता प्रकट गरे ।
सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा त्रिपाठीलाई श्रावण १० गते नियुक्त गरेको थियो । लुम्बिनी अन्र्तराष्टिय बिमानस्थलको कार्य तिब्रताका साथ अगाडि बढाइएको त्रिपाठीले बताएको लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले जनाए । लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यको अध्यक्षता, योजना प्रमुख सरोज भट्टराईको स्वागत मन्तब्य र जिन्सी अधिकृत नवल किशोर यादवको संचालन रहेको कार्यक्रममा कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवाली, अमरिका कोंहार, बरिष्ठ अधिकृत सब्बिर खां, सुचना अधिकृत हरिध्वज राई लगायत बोलेका थिए ।
आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न संघसंस्थाले लुम्बिनी विकास कोषको सदस्य सचिवमा वौद्ध धर्माबलम्बी भन्दा बाहिरका व्यक्तिलाई नियुक्ति गरेको भन्दै बिरोध जनाइरहेका छन् । उक्त कोषमा विगतदेखि नै बौद्ध धर्मालम्बीका विज्ञ तथा विद्धान व्यक्तिलाई कार्यकारी पदमा नियुक्त गर्ने परम्परा रहेकोमा सरकारले यसपटक तोडेकोमा उनीहरुले आपत्ती जनाएका छन् ।
यसैबीच, कोषको उपाध्यक्षमा नियुक्त भएका त्रिपाठीलाई यसअघि शेरबहादुर देउवा सरकारले पनि कोषमा उपाध्यक्ष बनाएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७५ बिहिबार ००:००  ७ : १८ बजे