विकास बन्जाडे, कपिलबस्तु ।
ससस्त्र द्वन्द्वका क्रममा पिडित बनेका कपिलवस्तुका एकै परिवारका ३३ जना सहित ४ हजार ४ सय २१ जना द्वन्द्वपीडितले ढिलै भएपनि राहत रकम पाएका छन् । बृहत शान्ती सम्झौता भइ लोकतान्त्रीक गणतन्त्र स्थापना भएको एक दशकपछि पिडितले राहत रकम पाएका छन् । कपिलवस्तुको लवनीका मोहम्मद हकिकको एकै परिवारका ३३ जना सहित ८ सय २१ घरपरिवारका ४४ सय २१ जना द्वन्द्वपीडितलाइ गृह मन्त्रालय मार्फत आएको झन्डै ९ करोड ८८ लाख १ हजार ५ सय रुपैयाँ जिल्ला प्रशासन कार्यालयले वितरण गरेको लेखापाल रामचन्द्र अर्यालले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय मार्फत पिडितको खातामा रकम जम्मा भैसकेकाले वितरण कार्य गरिएको मेघा बैंक तौलीहवा शाखाका मेनेजर सुर्य प्रसाद पाष्डेको भनाइ छ । चारवर्ष अगाडि सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग बनेपछि पीडितहरुमा न्याय पाउने आश जागेको थियो । सरकारले ढिलै भएपनि पिडितलाइ राहत दिएकोमा खुशी हुँदै बास्तविक द्वन्द्वपिडित छुट्न नहुनेमा चन्द्रौटाका प्रकाश पौडेलको भनाइ छ । ससस्त्र द्वन्द्वका क्रममा कपिलवस्तुमा राज्य र तत्कालीन माओवादी विद्रोही पक्षबाट एक सय ९८ को मृत्यु, १२ जना बेपत्ता तथा दुई हजार दुई सय २५ घर परिवारको धन सम्पती क्षति भएको थियो ।
१७ श्रावण २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया