दाङ ।
जिल्ला प्रशासन कार्यालय दाङले शनिबार पनि कार्यालय सञ्चालन गर्ने भएको छ । शनिबार पनि कार्यालय सञ्चालन गरी सेवाग्राहीहरुलाई सेवा दिने प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।
दाङका सबै स्थानीय तहलाई पत्राचार गर्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले यस विषयमा राय सुझाव माग गर्नुभएको छ । आगामी भदौ देखि शनिवार पनि कार्यालय संचालन गर्ने तयारी भइरहेको भन्दै उहाले यो विषयमा दाङका १० वटा स्थानीय तहहरुबाट ७ दिन भित्रमा राय सुझावहरु पठाउन आग्रह गर्नुभएको छ ।
कार्यालय संचालनका लागि स्थानीय निकायसँग राय, सुझाव माग गरेको र त्यसपछि शनिवार पनि कार्यालय संचालन गरिने उहाँले जानकारी दिनुभयो । शनिबार ११ बजे देखि २ सम्म कार्यालय सञ्चालन हुनेछ ।
१७ श्रावण २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया