गुल्मी ।
साउन दोस्रो साता बितिसक्दा गुल्मीमा ८० प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्ष भन्दा यसवर्ष समयमै पानी नपरेकाले धान रोपाइँ केही ढिलो भएको जिल्ला कृषि बिकास कार्यालय गुल्मीका बरिष्ठ कृषि बिकास अधिकृत चक्रपाणी पन्थीले बताउनुभएको छ ।
साउनको पहिलो साता नै गुल्मीमा धेरै जसो भुभागमा रोपाइँ हुने गरेतापनि यस वर्ष केही ढिलाइ भएको जिल्ला कृषि बिकास कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार किसानहरुले समयमै धानको ब्याड राखेको भएपनि असारको दोस्रो साता अगाडि वर्षा नभएकाले रोपाइँ ढिलाइ भएको पन्थीले बताउनुभयो । अझैपनि २० प्रतिशत किसानहरु आकाशे पानीको भरमा रोपाई गर्नेहरु धेरै पानीको प्रतिक्षामा छन् ।
प्रतिक्रिया