बुटवल ।
कांग्रेसले सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने माग गर्दै अदालतमा रिट दायर गरेको छ । प्रदेश ५ कि प्रदेशसभा सदस्य तथा कांग्रेस नेतृ रिना नेपाल विकले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट दायर गर्नुभएको हो । पटक पटक संसदमा कुरा उठाएपनि सत्तापक्षले सुनाई नगरेपछि रिट दायर गरेको सांसद रिनाले बताउनु भएको छ ।
रिटमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ति, उपसभामुख कृष्णी थारु र प्रदेशसभा सचिबालयलाई बिपक्षी बनाइएको छ ।
कांग्रेस प्रदेश ५ का संसदीय दलका नेता बलदेव शर्माले प्रदेशसभामा पटक पटक सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने माग गरेपनि सुनुवाई नभएपछि न्यायको खोजी गर्दै अदालत पुग्नु परेको बतानु भयो ।
१६ श्रावण २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया