८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नवलपरासीमा जुवाडे विरुद्ध मुद्दा दर्ता



नवलपरासी ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकास्थित दलदलेको एक घरमा जुवा खेल्दै गरेका ६ जना जुवाडेलाई पक्राउ गरी प्रहरीले मुद्दा दर्ता गरेको छ ।
उनीहरुलाई जुवा ऐनअनुसार कारवाही गर्न मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जानकारी दिएको छ । उनीहरुबाट रु ३३ हजार ३५५ पनि बरामद गरेको प्रहरीले जनाएको छ । देवचुली नगरपालिका–१३ स्थित सन्तोष मगरको घरमा जुवा खेल्दै गरेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : १६ श्रावण २०७५ बुधबार ००:००  १० : ४४ बजे