८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कपिलवस्तुमा किन बढिरहेको छ बर्षेनी डिर्भोसका मुद्दा ? कारण यस्तो छ



मायादेवी अनलाइन, कपिलवस्तु ।
पछिल्लो ५ वर्षको तथ्याङ्ग हेर्दा कपिलवस्तुमा सम्बन्ध बिच्छेदको मुद्धा २ गुणाले बढेकोछ । जिल्ला अदालतको तथ्याङ्ग हेर्ने हो भने प्रत्येक वर्ष सम्बन्ध विच्छेदका घटनामा बृद्धि भएको देखिन्छ । घरको व्यवहार र खटपट सहन नसके पछि सम्बन्ध विच्छेद गर्न आउनेको संख्या दैनिक बढ्दै गएको हो । महिलाहरु आफै वा कुनै माध्यमबाटै अदालत सम्म पुग्ने गरेका छन्् । जिल्ला अदालतका अनुसार पछिल्लो ४ बर्षमा ५ सय ५५ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन । गत आव २०७४÷०७५ मा १ सय ९२ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए ।

अघिल्लो आथिक बर्षबाट ३८ मुद्दा जिम्मेवारी सरेर कुल २ सय ३० मुद्दा थिए । त्यस मध्ये १ सय ८४ मुद्दाको फैसला भयो भने ४६ वटा मुद्दाको किनारा नलागेको अदालतले जनाएको छ । ०७३÷७४ मा १ सय २७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । ०७२÷७३ मा जिल्लामा १ सय २० सम्बन्ध विच्छेद भयो । ०७१÷७२ मा १ सय १६ जनाले सम्बन्ध बिच्छेद गरे । त्यस अघि ०७०÷७१ मा ९० जनाले संबन्ध विच्छेदका मुद्दा दिएका थिए । त्यस अघि ०६९÷७० मा ५८ जनाले सम्बन्ध बिच्छेद गरेका थिए ।

बर्षेनी बृद्धि हुँदै गएको सम्बन्ध विच्छेद अधिकांशको ३ देखि ५ वर्षमा टुंगिने गरेकोछ । अदालतमा आएका घटनालाई विश्लेषण गर्दा १८ देखि २८ वर्षका दम्पत्ती बढी छुट्टिने गरेका छन् । कलिलै उमेरमा प्र्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा सम्बन्ध प्रगाढ नँहुदै टुट्ने गरेको हो ।

७५ प्रतिशत बढी प्रेम विवाह गरेका सम्बन्ध विच्छेद गर्न आउँछन् अदालतका नासु हरि पन्थीले भने ‘युवाले बाड्ने ठुलठुला सपना पुरा नहँुदा समस्या बढीरहेको छ युवा अवस्थामा युवायुवति यथार्थमा भन्दा भावनामा बग्छन्’ उनले भने ‘जुन कुरा पछि पुरा नहँुदा पारिवारिक वेमेल उत्पन्न भई संबन्ध विच्छेद बढदो छ’ ।

प्रकाशित मिति : १६ श्रावण २०७५ बुधबार ००:००  १० : ३१ बजे