शरद रेग्मी, तुलसीपुर ।
पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका भित्र स्मार्ट सिटिको चर्चा हरेक सार्बजनिक स्थान र चिया पसलहरुमा बहसको बिषय बनेको छ ।
तर स्मार्ट सिटिको अबधारणालाई हरेक गाउँले कच्ची सडक जसले छोटो दुरिमा उपमहानगरलाई जोडिरहेका छन उनिहरुको मर्मत र कालोपत्रे नहुँदा तुलसिपुर बजार हिलाम्मे र फोहोर बनेको सहजै देख्न सकिन्छ । उपमहानगर बिस्तार भए संगै गाभिएका गाउँमा भने बिकासले कुनै ठाउँमा पनि गति लिन सकिरहेका छैनन । उपमहानगरपालिका भए पछि त झनै गाउँको बिकास हुन छाडेको छ स्थानीय कमल वलिले भने ।
दाङको प्रसिद्ध पर्यटकीय क्षेत्र मानिने दङ्गिशरण दरबार जो १० किलोमिटरको दुरिमा रहेको छ । सो सडकखण्डमा अहिले सहजै स्थानीयहरु हिडडुल गर्न सक्ने अबस्था छैनन । न त सार्वजनिक सवारीका साधन सञ्चालनमा आएका छन । हामीले अटोमा यात्रा गरेर बजार सम्म किनमेल गर्न जान्थेउ तर अहिले सडक हिलाम्मे छ बिद्यार्थीहरु पनि स्कुल जान छोडिसकेका छन स्थानीय घनश्याम चौधरीले भनेका छन ।
उनले आफुहरुले पटक पटक बिग्रिएको सडकमा ग्राभेल गर्न अनुरोध गर्दा समेत सम्बन्धित निकाय मौन भएको भन्दै सडक निर्माण कम्पनीको गम्भीर ध्यानाकर्षण गराएका छन ।
“सडकको यस्तो हरिबिजोग छ न त कुनै जनप्रतिनिधि हरुको ध्यान पुगेको छ न त यसक्षेत्रका सासदहरुको । “बिरामी हुँदा एम्बुलेन्स समेत आउन सक्ने अबस्था छैन न त कुनै घटना भयो भने प्रहरी नै स्थानीय नेपाली कांग्रेका नेता टोपेन्द्र राज रेग्मीले भने ।”
तुलसीपुर सुकौरा सडक तीन किलोमिटर कालोपत्रे भैसकेको छ भने बाकि ७ किलोमिटर कालोपत्रे हुने क्रममा रहेको छ केही स्थानमा नालाहरु समेत निर्माण भैसकेका छन ।
सडक बिस्तार र कालोपत्रेको काम सुरु हुन निर्माण कम्पनीले अझै केही समय लाग्ने बताए पछि स्थानीयहरु झनै चिन्तित बनेका छन ।
ठेकेदारले उल्टै ठाउँ ठाउमा अबरोध र बाटो बिगार्ने काम मात्रै गरेको भन्दै तत्काल स्थलगत निरिक्षण गरि ठेकेदारलाई कार्बा्हि गर्न स्थानिय प्रशासन सङग माग समेत गरेका छन । सडक कालोपत्रेका लागि टेन्डर भैसकेको अबस्थामा लामो समय सम्मपनि काम सुरु नहुनु दुखद भएको भन्दै स्थानीय हरुले आक्रोश पोखेका छन ।
झण्डै सात किलोमिटर सडक कालोपत्रे गर्न प्यासिफिक बिल्डर्स काठमाडौंले ६ करोड ६१ लाखमा सम्झौता गरेको सडक डिभिजन कार्यालय दाङका सुचना अधिकारी दुर्गा गौतमले जानकारी दिएका छन ।
उनका अनुसार २०७५ फागुन सम्म काम सम्पन्न गरिसक्नुपर्ने छ । तर हाल सम्म सो सडक खण्डमा १५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
पुर्व सांसद बुद्धिराम भण्डारीको पहलमा निर्माण हुन लागेको सो सडकखण्डमा ठाउँ ठाउमा खाल्डाखुल्डी परेका छन भने स्थानीय किसानहरुलाई समेत दैनिक तुलसिपुर आउन जान निकै कष्ट ब्यहोर्नु परेको छ ।
१६ श्रावण २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया