८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

न्यायधिश उपाध्याय र प्रजिअ भुजेलको एकैसाथ बिदाई



मायादेवी अनलाइन, तौलिहवा ।
सरुवा हुनु भएका प्रमुख जिल्ला न्यायधिश ओमकार नाथ उपाध्याय र प्रजिअ मदन भुजेललाई तौलिहवामा एक कार्यक्रमका बिच बिदाई गरिएको छ । जिल्ला ब्याडमिन्टन संघले कभर्डहलमा बिदा गरेको हो । संघका अध्यक्ष दिनेश हमाल सहीतको टोलीले सरुवा भएर जान लागेका दुबैलाई खादा ओढाई अबिर लगाएर विदाई गरेका थिए ।

सो अवसरमा प्रजिअ मदन भुजेलले आफुले कपिलस्तुमा एक बर्ष कामको दौरानमा सबैबाट सहयोग र साथ पाएको भन्दै खुशी ब्यक्त गर्नुभयो । उहाले ऐतिहासिक र पर्यटकीय क्षेत्रले भरिभराउ रहेको जिल्लाको विकासमा ठोस कदम चाल्नु पर्ने वताउनुभयो ।

कार्यक्रममा प्रहरी उपरिक्षक मनोज कुमार यादव, सुदीप पौडेल लगातयले शुभकामना मन्तब्य दिएका थिए । यस्तै मंगलवार नै सरुवा भई बाँके जान लागेका प्रजिअ भुजेललाई प्रशासन कार्यालयका कर्मचारी र कर्मचारी मिलन केन्द्रले बिदाई गरेको थियो ।

 

प्रकाशित मिति : १६ श्रावण २०७५ बुधबार ००:००  ३ : ०० बजे