मायादेवी अनलाइन, तौलिहवा ।
एक बर्षमा करिब २२ हजार बढी नागरिकताको प्रमाण पत्र बितरण गरिएको छ । बंशज, बैवाहिक अंगीकृत, अंगीकृत नयाँ लगत र जन्मसिद्ध नयाँ लगत गरी गत आर्थिक बर्ष २०७४÷०७५ मा २१ हजार ९६२ नागरिकताको प्रमाण पत्र बनेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । प्रशासन कार्यालयका अनुसार बंशज २० हजार ३०२, बैवाहिक अंगिकृत १ हजार ६५२, अंगीकृत नयाँ लगत ४ र जन्मसिद्ध नयाँ लगत ३ वटा नागरिताको प्रमाणपत्र बनाईएको प्रजिअ मदन भुजेलले बताए ।
फोटो सहीतको मतदाता नामावली संकलनले गर्दा पनि नागरिकता लिनेको संख्या बढेको प्रजिअ भुजेलले जनाए । सोही अवधीमा ६ हजार ९२४ प्रतिलिपी समेत बनाईएको छ । गत बर्ष ५ जनाले नेपाली नागरिकता समेत त्यागेका थिए ।
यस्तै प्रशासन कार्यालयबाट ६ हजार १२१ वटा राहादानी बाडिँएको छ । राहदानीका लागि ६ हजार ५९६ र दु्रत सेवाका लागि १ हजार ३३० जनाको सिफारिस गरी केन्द्रमा पठाईएको थियो । राहदानीबाट ३ करोड ४७ लाख ७५ हजार राजूवक संकलन भएको प्रशासनको लेखा फाँटले जनाएको छ ।
गत बर्ष कुल १ सय ५१ केही सार्वजनिक मुद्दा दर्ता भएको थियो । पुरानो र नयाँ गरी कुल २ सय ५४ मुद्दा मध्ये १ सय ८२ मुद्दा फर्छौट भएको छ । पुरानो र नयाँ गरी हातहतियार तथा खरखजनाका मुद्दा मध्ये २ वटा फर्छौट भएका छन ।
१६ श्रावण २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया