८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बैरियामा प्रदेश स्तरीय प्रथम राष्ट्रिय भलिबल प्रतियोगीता सुरु



मायादेवी अनलाइन, चारनम्बर ।
जिल्लाको बाणगंगा नगरपालिका– १ बैरियामा शुक्रबार साँझ देखि प्रदेश स्तरीय प्रथम राष्ट्रिय भलीबल प्रतियोगीता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिद्धारा आयोजित प्रतियोगीताको प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले उद्घाटन गरी खेलको सुरुवात गर्नुभयो ।
प्रतियोगीता दिवा रात्री कालीन रहने समितिका अध्यक्ष छवि रेस्मी मगरले बताउनुभयो । साँझ ५ बजे देखि १० बजे सम्म खेल चल्नेछ । सामाजिक सद्भाव र राष्ट्रियताको भावना जागाउन खेल गराईएको अध्यक्ष रेस्मीले बताउनुभयो ।
खेल सुरु हुनु पुर्व साँझ चार नम्बर चोक देखि बैरिया सम्म बिभिन्न जातजातिका भेषभुसा झल्कीने खालका पहिरन सहीतको र्याली निकालिएको थियो । प्रतियोगीता अन्तरगत शुक्रबार राति प्रदेश नम्बर १ र ३ बिच प्रतिस्पर्धा भएको समितिका सचिव मीन प्रसाद पोख्रेलले बताउनुभयो । प्रतियोगीतामा प्रथम हुनेलाई १ लाख एक हजार १११ रुपैया सहित शिल्ड प्रदान गरिनेछ ।
यस्तै द्धितीयलाई ५५ हजार ५५५ र तृतीयलाई ३३ हजार ३३३ प्रदान गरिनेछ । करिब २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । खेल संगै मनोरंजनका लागि राष्ट्रिय कलाकारले गीत एवं नृत्य प्रर्दशन गर्ने कार्यक्रम छ । प्रतियोगीतामा ७ वटै प्रदेशको ७ टीम सहभागी छन । बैशाख १७ सम्म खेल चल्नेछ ।

प्रकाशित मिति : १५ बैशाख २०७५ शनिबार ००:००  २ : २० बजे