८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुमा पेट्रोलको चरम अभाव



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा यतिवेला पेट्रोलको अभाव देखा परेकोछ । केहिदिन यता पम्पमा पेट्रोल आउछ तर केहिछिन वाडेर बन्द हुन्छ ।यस्तो अवस्था वाणगंगाका पम्पहरुमा जारीछ । वास्तवमै पेट्रोलको अभाव हो वा मुल्य बढ्ने संकेत पाएका ब्यवसायीले गरेको कृत्रिम अभाव हो यसवारेमा राज्यको स्पष्ट धारणा आएको छैन । बुधवार वनगाई क्षेत्रका पम्पहरुमा पेट्रोल आयो, विहिवार पिपरादेखि ४ नम्वर सम्म पेट्रोल आयो । केहिक्षण वाडेर पम्पहरुले सकिएको घोषणा गरे ।
विगतमा यस्तो अभाव हुदा प्रहरीको उपस्थितीमा वाड्ने गरीन्थ्यो । तर यसपाली वाणगंगा क्षेत्रका पम्पहरुमा प्रहरीले कुनै चासो राखेन । पेट्रोलियम डिलर्स एसोसियसनका ज्ञानराज भण्डारीले भन्नु भयो हाम्रोमा आएको वाडेर सकियो अन्य पम्पमा पनि आएकोछ । आउने क्रम वढेकोछ अव अभाव नहोला ।
यता वोडगाउमा रहेको पेट्रोल पम्प पाल्ही भगवतीका एक कर्मचारीले दिउसोमा वाड्न सकिन्न भन्दै रातीको १२ वजे आउनु भन्दै पेट्रोल भएर पनि नदिई फर्काउने गरेका छन् । यसरी अभाव श्रृजना गराउने काम भएको प्रति इलाका प्रहरी कार्यलय पिपराका राजु कार्कीले माथिको कुनै आदेश नआएकाले प्रहरीले चसो नदिएको वताउनु भयो ।

प्रकाशित मिति : १५ बैशाख २०७५ शनिबार ००:००  २ : ०९ बजे