मायादेवी अनलाइन , वाणगंगा ।
सुतार कार्की सेवा समिती जिल्ला कार्यसमिती कपिलवस्तुको दोस्रो साधारणसभा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष रत्न बहादुर कार्कीको अध्क्षतामा सम्पन्न साधारण सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष झलक बहादुर कार्कीद्धारा प्रस्तुत आर्थिक प्रतिबेदन सर्वसहमतीबाट पारित गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी सुतार कार्की, सेवा समितीका केन्द्रिय अध्यक्ष दिब्यध्वज कार्कीले सुतार कार्की सेवा समितीले गरेका निणर्यहरु र भावी कार्यक्रमहरुको बारेमा प्रष्ट्याउदै देशभर एउटै तिथीमा कुलान, पुजा गर्न र सुतार बन्धुहरुको वंशावली तयार गर्न सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।
सभामा विशिष्ट अथिती समितीका केन्द्रि उपाध्यक्ष विष्णु बहादुर कार्की, केन्द्रिय सदस्य पुर्ण बहादुर कार्की, ज्ञान बहादुर कार्की, कमला कार्की लगाएतले समितीको आवश्यक्ता र महत्वका विषयमा भनाई राखेका थिए ।
कार्यक्रममा जेष्ट सुतार आमाहरुलाई सम्मान गरिनुका साथै सुतार कार्की परिवार भित्र सर्बोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी सक्षम कार्कीलाई पनि सम्मान गरिएको थियो । जिल्ला उपाध्यक्ष हिमबहादुर कार्कीको स्वागत र सचिव मुक्त बहादुर कार्कीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया