मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुका चार सय ४४ सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । डिभिजन सहकारी कार्यालय कपिलवस्तुले एक कार्यक्रमको आयोजना गरेर सहकारी संस्थाहरुलाई जिल्लामा रहेका १० स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले स्थानीय तहका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतलाई सहकारीको अभिलेखको फाईल हस्तान्तरण गरे । हस्तान्तरण संगै अब सहकारीका दर्ता नबिकरण, अभिलेखिकरण लगायतका सबै कुराहरु स्थानीय निकायले गर्ने डिभिजन सहकारी कार्यालयका प्रमुख ऋषि पौडेलले बताए । सबै भन्दा बढी बाणगंगा नगरपालिकामा ६१ सहकारी रहेका छन । यस्तै बुद्धभुमीमा ५६, कपिलवस्तु नगरपालिकामा ५५, मायादेबी गाउँपालिकामा ५४, शिवराज नगरपालिकामा ५६, शुद्धोदन गाउँपालिकामा ४० सहकारी छन । यसै गरी यशोधरा गाउपालिकामा ४१, कृष्णनगर नगरपालिकामा २८, महाराजगंज नगरपालिकामा ३९ सहकारी छन ।
सो अवसरमा बोल्दै जिसस प्रमुख खनालले देशको आर्थिक विकासमा महत्वपुर्ण भुमिका खेलेको सहकारीलाई अझ सशक्त बनाउन स्थानीय तहले ठोस भुमिका खेल्नु पर्ने बताए । उनले सहकारीलाई थप ब्यवस्थित बनाउन स्थानीय तहले अध्ययन गरी नियम कानुन बनाउनुपर्ने बताए । उक्त अवसरमा शिवराज नगरपालिकाका मेयर नेत्र अधिकारीले स्थानीय तहमा थप जिम्मेवारीको भारी आएको बताए । उनले सहकारीलाई ब्यवस्थित बनाउन आफुहरुले अध्ययन गरी नियम कानुन बनाउने बताए ।
१५ बैशाख २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया