हरि आचार्य, कपिलबस्तु ।
शुल्क आतंक बन्द गराउन, अटेरी गर्नेलाई कारबाही गर्न र सार्बजनिक शिक्षाको गुणस्तरीयता र विश्वसनियता वृद्धि गर्न प्रभावकारी भुमिका निर्वाहको लागि अनेरास्ववियु कपिलबस्तुले बुद्धभूमि नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्र बुझाउने यो क्रम आइतबार र सोमबार पनि जिल्लाका स्थानीय तहहरुमा जारी रहने अनेरास्ववियु जिल्ला अध्यक्ष बाबुराम अर्यालले बताएका छन् ।
सरोकारवाला समेतको सहमतिमा सरकारले जारि गरेको संस्थागत बिद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ को ठाडो उल्लघंन गरि निजि विद्यालयले चर्को शुल्क बुद्धि गरिरहेकाले उक्त शुल्क बृद्धि अबिलम्ब फिर्ता गराउन, ती विद्यालयको अनुगमन गरि मापदण्ड नपुगि संचालन गरिएका विद्यालयलाई कारवाहि गर्न माग गर्दै बुद्धभूमिका नगर प्रमुख केशव कुमार श्रेष्ठलाई अनेरास्ववियुले ध्यानाकर्षण पत्र बुझाएको हो ।
सार्बजनिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्न, सार्बजनिक शिक्षा प्रति विश्वास बढाउन प्रभावकारी अनुगमन गर्नुपर्ने, निर्देशन र आबश्यक कार्यहरु तत्काल अगाडि बढाउनुपर्ने लगायतका मागहरु उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । त्यस्तै नेपालको संविधान २०७२ ले माध्यमिक तहसम्म निशुल्क ब्यबस्था गरेको छ संविधान जारि भएको तीन बर्ष हुन लाग्दा सरकारले शिक्षालाई सबैको पहँचमा पु¥याउँने र निशुल्क ब्यबस्था गर्नुपर्ने त्यस तर्फ ठोस पहलकदमि लिन सकिरहेको छैन ।
स्थानिय तहलाई माध्यमिक तहसम्मको ब्यबस्थापन, अनुगमन र स्थानिय पाठ्यक्रम समेत बनाउने अधिकार प्रत्यायोजन गरिएको छ तर अधिकार बमोजिमको क्रियाशिलता भने सन्तोषजनक देखिएन । त्यसैले संविधानले ब्यबस्था गरेको स्थानिय तहको अधिकार प्रयोग गरि शिक्षा क्षेत्र व्यबस्थित गर्न जोडदार माग गर्दछौँ, जिल्ला अध्यक्ष अर्याल, केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज टुकलाल गैरेद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख छ । उक्त ध्यानाकर्षण पत्र बुझाउन जिल्ला उपाध्यक्ष सागर घिमिरे, सचिव उज्जवल अधिकारि सहितको पदाधिकारीको टोलि पुगेको थियो । ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख श्रेष्ठले सम्बन्धित निकायसंग आवश्यक छलफल गरि ठोस निर्णय गर्ने प्रतिक्रिया दिएका छन् ।
१५ बैशाख २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया