सीताराम चौधरी, कपिलवस्तु ।
मानव बेचविखन तथा ओसारपसार विरुद्धको निगरानी तथा गस्ती टोली परिचालन भएको सातामै कपिलवस्तुको चन्द्रौटाबाट ४ युवतीको उद्धार गरिएको छ ।
पूर्वपश्चिम राजमार्ग तथा कृष्णनगर सीमा नाकाको केन्द्रविन्दुमा पर्ने चन्द्रौटा बजारमा बेचविखन तथा ओसारपसारका घटनामा बढ्न थालेपछि शान्ति पुनस्र्थापना गृह र शिवराज नगरपालिकाको सहयोगमा नयाँ वर्ष २०७५ को बैशाख ५ गतेदेखि निगरानी तथा गस्ती टोली परिचालन गरिएको छ । सोही टोलीले एक सातामा ४ युवतीको उद्धार गरेको हो । निगरानी टोलीमा शान्ति पुनस्र्थापना गृहबाट नानुमाया भट्टराई र शिवराज नगरपालिकाको तर्फबाट सुशिला खनाल रहेका छन् ।
निगरानी टोलीले बिहीबार अर्घाखाँचीकी १३ वर्षीय बालिकाको चन्द्रौटाबाट उद्धार गरेको छ । बालिकालाई सँगै लिएर आएका शितगंगा नगरपालिका ११ बस्ने २५ वर्षे सन्तोष वि.क.लाई समेत टोलीले सम्पर्कमा ल्याएको छ । सोधपुछका क्रममा बालिकासँग विवाह गरी चन्द्रौटा घुम्न आएको वि.क.ले बयानलाई उदृत गर्दै पीआरसी संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो । बालिकाको घरमा सम्पर्क गर्दा बालिकाले मम्मीलाई भेट्न भारत जान लागेको भनी परिवारलाई जनाएको भट्टराईले बताउनुभयो ।
बालिकाका बुवाको मृत्यु भएपछि आमाले कान्छा बासँग विवाह गरेको तर पछि आमाले पनि कान्छा बालाई छाडी भारतमा विवाह गरी बस्दै आएको बालिकाको बयानबाट खुल्न आएको छ । बालिकाले कान्छा बालाई समेत ढाँटेर सन्तोषसँग भागेर भारत जान लागेकी हुन् । टोलीले दुवैलाई अड्डासार गरी बिहीबार नै इलाका प्रहरी कार्यालय गोरुसिंगे पठाएको छ । शुक्रबार अर्घाखाँची अड्डासार गरी परिवारको जिम्मा लगाउने पीआरसी संयोजक भट्टराईले बताउनुभयो ।
यस्तै निगरानी टोलीले आफ्नै भान्जासँग भागेकी अर्घाखाँचीकी ३० वर्षीय महिलालाई उद्धार गरी श्रीमान्को जिम्मा लगाएको छ । दुई बच्चाकी आमा भएकी ती युवती आफ्नै भान्जासँग प्रेमजालमा परेर भागी महेन्द्रनगर पुगेकी शान्ति पुनस्र्थापना गृहका संयोजक भूमिराज भट्टराईले बताउनुभयो । महेन्द्रनगरबाट काठमाडौंतर्फ जान लागेको खबर पाएपछि निगरानीकर्ता सुशिला खनालले विहान ४ बजे चन्द्रौटामा रात्रिबस रोकी दुवैजनालाई सम्पर्कमा लिनुभएको थियो ।
यसका साथै निगरानी टोलीले यसैसाता मकवानपुरकी २१ वर्षे युवती र गुल्मी घर भई नारायणघाट बस्दै आएकी ३२ वर्षे युवतीलाई उद्धार गरी परिवारको जिम्मा लगाएको छ । विचौलियाको प्रलोभनमा परी नेटवर्किङ बिजनेसको सिलसिलामा भारतको कासी जान लागेका दुई युवतीलाई निगरानी टोलीले सम्पर्कमा लिएको हो ।
१३ बैशाख २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया