सीताराम चौधरी, चन्द्रौटा ।
मुस्लिम गल्र्स स्कूल समुद्घाटनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित कपिलवस्तु आउँदैछन् ।
यही बैशाख १४ गतेका दिन जिल्लाको सुदूर पश्चिम विजयनगर गाउँपालिका ४, डगडहवा जगदीशपुरस्थित जामिया रजविया लिलवनात मदरसामा गल्र्स स्कूलको समुद्घाटनका लागि स्थानीय विकास मन्त्री पण्डित कपिलवस्तु आउन लागेका हुन् । अल्पसंख्यक मुस्लिम समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रमा मुस्लिम बालिकाहरुलाई शिक्षाको मूलधारमा ल्याउन गल्र्स स्कूल संचालन गर्न लागिएको गाउँपालिका अध्यक्ष गोपाल थापाले जानकारी दिए । मुस्लिम बालिकालाई उच्च तहसम्म शिक्षा प्रदान अल्पसंख्यक मुस्लिम समुदायलाई लक्षित गरी विजयनगर गाउँपालिकाको लगानीमा गल्र्स स्कूल स्थापना गरिएको थापाले बताए । मदरसालाई सरकारको मूल प्रवाहीकरणमा ल्याउन कक्षा ६ देखि नेपाल सरकारकै मापदण्ड अनुरुप पाठ्यक्रम लागू हुने थापाको भनाई छ । मदरसालाई उच्च शिक्षासम्म संचालन गर्न गाउँपालिकाबाट हुनसक्ने सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गरे ।
कक्षा ५ सम्म संचालन हुँदै आएको मदरसा जामिया रजविया लिलबनातमा अब मुस्लिम बालिकाहरुका लागि छुट्टै स्कूल संचालन हुने मदरसा संरक्षण समिति अध्यक्ष डा. जहिरुल हसन खानले जानकारी दिए । शिक्षामा मुस्लिम समुदाय निकै पछाडि परेको औल्याउँदै संरक्षण समिति अध्यक्ष खानले अल्पसंख्यकको शैक्षिक स्तर उकास्न गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेकोमा खुशी व्यक्त गर्दै धन्यबाद समेत दिए ।
मदरसाको शैक्षिक विकासका लागि बैशाख १४ गते साँझ जलसा कार्यक्रमको समेत आयोजना गरिएको मदरसा व्यवस्थापन समिति अध्यक्ष नफिस खानले जानकारी दिए । मन्त्री पण्डितको भव्य स्वागतका लागि यतिबेला समितिका साथै सिंगो गाउँपालिका टिम नै तयारीमा जुटेको छ, बुधबार पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष तिलकराम कँडेलले बताए । स्थानीय विकास मन्त्री पण्डित साँझको जलसा कार्यक्रममा समेत सहभागी जनाउने वडाध्यक्ष कँडेलले जनाए ।
१३ बैशाख २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया