गीता पौडेल, चन्द्रौटा ।
कपिलवस्तुको बिजयनगर गाउंपालिका अन्तरगत पर्ने पत्थरदेइया स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर उद्घाटन भएको छ । पत्थरदेइयाबासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराई आमा र बालबालिकालाई जोखिमबाट बचाउने तथा मृत्यूदर घटाउने उद्देश्यका साथ वर्थिङ सेन्टर उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै बिजयनगर गाउँपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि गोपाल थापाले यस क्षेत्रमा बसोबास गर्ने आमा तथा बालबालिकालाई जोखिमबाट बँचाई बाल मृत्यूदरलाई घटाउने उद्देश्यका साथ यस क्षेत्रमा वर्थिङ सेन्टर उद्घाटन गरिएको बताउनुभएको छ ।
मृत्यूको मुखमा पुगेका आमाहरुलाई र जन्मदै मृत्यूको संघारमा हुने वा जन्मेर हामी अपांग वा पुर्ण हुन सक्दैनौ भने त्यस्ता बालबालिका र आमाको जिबनलाई सुरक्षित बनाउन र जन्मदरलाई सुरक्षित गर्न र मृत्यूदरलाई घटाउन सबैले पहल गर्नुपर्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गोपाल थापाले गुगौली स्वास्थ्य चौकीमा सबै मापदन्ड पुरा भइसकेकाले छिट्टै बर्थीगंसेन्टर सुरु हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
त्यस्तै बिजयनगर गाउँपालिका उपाधयक्ष लक्ष्मि चौधरीले वर्थिङ सेन्टर उद्घाटन गरेर मात्र हुंदैन सबै आमाहरुले वर्थिङ ंसेन्टरमा बच्चा जन्माउनका लागि प्रचारप्रसार आबश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा फेयरमेटका प्रतिनिधि तुल्सिराम खनाल,जिल्ला स्वास्थ्य कार्यालयका योगेन्द्र प्रसाद भगवत, बिजयनगर गाउँपालिका प्रमुख कार्यकारी अधिकृत रबिन्द्र प्रसाद चौधरी लगायतले सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । कार्यक्रम बिजयनगर गाउंपालिका प्रमुख गोपाल थापाको अध्यक्षतामा स्वास्थ्य शाखा प्रमुख यज्ञ अधिकारीको संचालनमा समपन्न भएको थियो ।
११ बैशाख २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया