मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा जारी नगरपालिकाव्यापी मावि स्तरीय हाजिरीजवाफ प्रतियोगीता कपिलवस्तु नगरपालिकामा पनि भएको छ । प्रतियोगीतामा बुद्धज्योती इंग्लिस बोर्डिङ स्कूल प्रथम, सिद्धार्थ विद्या मन्दिर दृतिय र श्री तौलेश्वरनाथ संस्कृत मावि तृतीय स्थानमा आउन सफल भएका छन ।
नगरपालिका भित्रका १२ विद्यालयको सहभागीतामा भएको उक्त प्रतियोगीतामा उत्कृष्ट प्रतियोगीलाई पुरस्कार वितरण गर्दै कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल राज आचार्यले नगरपालिकालाई शैक्षिक हव बनाउने उद्घोष गर्नुभयो । शिक्षा क्षेत्रको विकास विना अरु क्षेत्रको विकास सम्भव नभएको जनाउदै उहाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको जनाउनुभयो ।
कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख राम कोइरालाले ए वान मिडिया सेन्टरले गरेको काम प्रशंसनिय भएको बताउनुभयो । नगरभित्र आयोजना गरिने यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको चौतर्फी विकासमा टेवा पुग्ने बताउनुभयो ।
वडा नंं. ३ का वडा अध्यक्ष तथा बुद्धज्योती इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल प्रकाश गैरेले ए वान मिडिया सेन्टरको आयोजनामा भएको प्रतियोगीता नगरपालिकाको शैक्षिक विकासमा कोषे ढुङ्गा सावित भएको जिकिर गर्नुभयो । उहाले यस्ता किसिमका कार्यक्रम नगरपालिकाले निरन्तर रुपमा सहकार्य गर्दै जानुपर्ने औल्याउनुभयो ।
कार्यक्रमले आफु प्रभावित भएको भन्दै वडा अध्यक्ष गैरेरे आफ्नो विद्यालयको तर्फबाट जिल्ला स्तरमा हुने प्रतियोगीतामा तीन जना प्रतियोगीलाई कक्षा ११ र १२ निशुल्क छात्रबृद्धि दिने उद्घोष गर्नुभयो ।
कार्यक्रममा क्यापिटल फुड्स प्रा.लि कपिलवस्तुका अप्रेशन म्यानेजर शुभ कार्कीले यस्ता खाले शैक्षिक कार्यक्रममा आफुहरु सधै सहकार्य गर्न इच्छुक रहेको जानकारी गराउनुभयो । बुद्धज्योती इंग्लिस बोर्डिङ स्कूल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमानन्द पोख्रेलको अध्यक्षतामा भएको सो प्रतियोगीको सञ्चालन ए वान मिडिया सेन्टरका प्रबन्धक निर्देशक दिपेन्द्र कार्कीले गर्नुभएको थियो ।
प्रतिक्रिया