सलिम अन्सारी, प्युठान ।
प्यूठान जिल्लाको सरुमारानी गाउपालिकाका विभिन्न गाउंमा करोडौ लगानीका बृहत् खानेपानी योजना शुरू भएका छन । सरुमारानी गाउपालिकाको २, ३ र ४ नम्बर वडामा एक घर एक धारा विस्तार सहितको बृहत् खानेपानी योजना सुरु गरिएको हो ।
यसलाई स्थानीय सरकारले ‘गौरवको आयोजना’ भनेको छ । सरुमारानी गाउँपालिका वडा नबर ४ भित्रका १ सय ४५ घरधुरीमा खानेपानीको पहुँच बिस्तारका लागि काम भइरहेको छ । यो योजना २०७५ साल मंसिर पुस सम्ममा पुरा गरि सक्ने लक्ष्य छ ।
बड्डडाडा बजार देखि पश्चिममा रहेको डिङलाङ खोलामा इन्टेक बनाएर झण्डै ६ किलोमिटर मेन पाईपलाईनबाट बड्डडाडा बजार सम्म पानी ल्याउन लागिएको हो ।
दैनिक आवास्यक्ता अनुसार आपूर्ति हुन नसक्दा सरुमारानीको केन्द्र बड्डडाडा बजारका स्थानियले खानेपानीको संकट झेल्दै आएका छन । गाउँपालिकाको ९ लाख ८१ हजार सहायता रकम र स्थानियको जनश्रमदान सहित कुल ९८ लाख १० हजार ७ सय ६६ रुपैया लागतमा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोश्रो चरण प्यूठानले निर्माणको काम गरिरहेको वास सल्लाहकार प्रमोदलाल श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै हंसपुरमा पनि अहिले खानेपानी आयोजनाको काम भइरहेको छ ।
३ सय २ घरधुरीका करिव दुई हजार जनसंख्यालाई खानेपानी सुबिधा पुर्याउन बृहत् लिफ्ट खानेपानी योजनाको काम अघि बढेको हो । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले प्राबिधिक सहयोग गरेको छ । वडा नम्वर ३ को नौघाट स्थित माडी नदि किनारमा जरुवा खनेर लिफ्ट प्रविधी मार्फत पानी माथी ल्याईने छ । सरुमारानी गाउंपालिकाले ६० लाख रुपैया बिनियोजन गरि काम सुरु गरेको हंसपुर बृहत् खानेपानी उपोभोक्ता समितीका अध्यक्ष सन्तोष बिश्वकर्माले बताउनुभयो ।
आगामी दुई बर्ष्भित्र योजना सक्ने लक्षय राखिएको यो योजनाबाट साविक हंसपुर गाविसको वडा नम्बर १ देखि ५ सम्मका स्थानीय लाभान्वित हुने उपोभोक्ता समितीले जनाएको हो । सरुमारानीबासीलाई खानेपानी समस्याबाट मुक्त गरी जीवनयापनलाई सहज बनाउन आयोजनाले ठूलो योगदान गर्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्माले बताउनुभयो ।
हंसपुरमा हालसम्मकै ठूलो विकास आयोजना भित्रिएको उहाको भनाइ छ । त्यस्तै सोही गाउपालिका अन्तर्गतको वडा नम्बर २ को ददेरीमा समेत बृहत् खानेपानी योजनाको काम भईरहेको छ । गाउपालिकाको २७ लाख रुपैया लागतमा राप्ती नदि किनारबाट लिफ्ट गरि गाउँमा खानेपानी पुर्याउन लागिएको हो ।
प्रतिक्रिया