८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

होराइजनको वार्षिक परीक्षाफल प्रकाशन एवं पुरस्कार वितरण



मायादेवी अनलाइन, जितपुर ।
बाणगंगा ४ सिद्धीपुरमा अवस्थित होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय कपिलवस्तुले एक भव्य समारोका विच वार्षिक परीक्षाफल एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीले निजि विद्यालयले गुणस्तरिय क्षेत्रमा राम्रो योगदान पुर्याएको र होराइजनले जिल्लामा शैक्षिक क्षेत्रमा अब्बल कायम भएको बताउनु भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजुले नाफा मुखी भन्दा पनि सेवामुलक तवरले विद्यालय सञ्चालन गरेकोले शिक्षामा सफलता मिल्दै गएको बताउनु भयो । सबैको साथ र सहयोगले यस पटक जिल्लामा विद्यालय क वर्गमा सुचिकृत हुन सफल भएको उहाँले जिकिर गर्नु भयो । कार्यक्रममा विद्यालयका प्राचार्य वासुदेव घिमिरेले आगामी दिन अर्थात् नयाँ शैक्षिक सत्रमा नयाँ योजनाहरु अगाडि सारेको बताउनु भयो ।
विद्यालयले गरीव, दलित, जेहेन्दार वालवालिकालाई छात्रवृत्ति र एकल महिला, शहिद परिवारका छोराछोरीलाई समेत शुल्कमा छुट दिने बताउनु भयो । विद्यालयका शिक्षक पदम ढुंगानाको सञ्चालनमा भएको कार्यक्रममा प्रि नर्सर देखि मावि सम्मका उत्कृष्ट वालवालिकाहरुलाई प्रमाणपत्र र मेडल सहित पुरस्कृत गरिएको थियो ।
त्यस्तै २०७३ सालमा एसईई परीक्षामा जिल्लामा उत्कृष्ट हुनेहरुलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा विभिन्न संस्कृति झल्किने सन्देशमुलक नृत्यहरु प्रस्तुत गरिएको थियो ।कार्यक्रममा संचारीका समुहका अध्यक्ष पार्वती पाण्डे, अभिभावक सुमित्रा पौडेल लगायतले शुभकामना मन्तव्य दिनु भएको सहायक प्राचार्य विष्णुमाया श्रेष्ठले जानकारी दिनु भयो । २०४८ सालमा स्थापना भएको यस विद्यालयमा एक हजार बढि वालवालिकाले अध्ययन गर्दै आएका छन ।

प्रकाशित मिति : ५ बैशाख २०७५ बुधबार ००:००  १ : २४ बजे