८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रदेश ५ को बजेट पारित, प्रतिपक्ष कांग्रेसको कडा टिप्पणी !



मायादेवी अनलाइन, बुटवल ।
पाँच नम्बर प्रदेशको पहिलो बजेट संसदबाट पारित भएको छ । प्रदेश सभा बैठकमा दुई दिनको छलफलपछि बजेट पारित भएको हो । सरकारले दुई दिनअघि १ अर्ब २ करोड ५ लाखको बजेट ल्याएको थियो ।
बजेट पारितभएसंगै अव खर्च गर्ने बाटो समेत खुलेको छ । यो बजेट असार मसान्तसम्म खर्च गरिसक्नुपर्ने बाध्यता सरकारलाई रहेको छ । बजेट छलफलमा बोल्दै सासदहरुलले प्रत्येक प्रदेश क्षेत्रललाई समेट्ने गरी बजेट योजना ल्याउन सरकारलाई आग्रह गरेका थिए । पर्यटन, उद्योग, कृषि क्षेत्रको विकासमा ठोस रुपमा काम गर्ने बजेट तयारी गर्नुपर्नेमा त्यसो नभएको सांसदहरुको बताएका थिए ।
संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले सरकारले प्रदेश सञ्चालनमा एकलौटी गरेको आरोप लगाए । बजेट तथा नीति कार्यक्रम ल्याउनु अघि प्रतिपक्ष दल संग छलफल समेत नगरिएकोमा कांग्रेसले आपत्ती जनाएको छ ।
प्रदेश सभा सांसदहरुले प्रदेशमा पनि संसद विकास कोष वापत रकम बिनियोजन गर्न माग गरेका छन् । कांग्रेसका अष्टभुजा पाठक, फोरमका सन्तोष पाण्डेले संसद विकास कोषमार्फत निश्चित बजेट ८७ सांसदलाई विकासका लागि दिनुपर्ने माग गरे ।
संसदमा जवाफ दिदै मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारको अनुदान रकमबाट मात्रै सानो आकारको बजेट सरकारले ल्याएको भन्दै यसमा टिप्पणी आवश्यक नरहेको बताए । उनले सरकारले नचाहानचाहादै पनि प्रक्रियाका लागि बजजेट ल्याउनुपरेको जवाफ दिएका छन् ।
मुख्यमन्त्रीको जवाफपछि सभामुख पूर्णबहादुर घर्तीले बजेट पारितका लागि निर्णयार्थ प्रस्तुत गरेका थिए । संसदको अर्काे बैठक बैशाख १२ गते बस्नेछ ।

प्रकाशित मिति : ४ बैशाख २०७५ मंगलबार ००:००  १ : ४७ बजे