८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कोपवामा मिसन डेभलपमेण्ट बैंकको शाखा, स्थानीयलाई हुने भयो सुविधा



मायादेवी अनलाइन, वाणगंगा ।
मिसन डेभलपमेण्ट बैकले कपिलवस्तुको कोपवामा आफ्नो १३ औं शाखा शुभारम्भ गरेकोछ । एक समारोहका बीच आइतवार शाखा समुद्धघाटन गर्दै कृषि भूमी ब्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले इजरायलमा २ प्रतिशत मानिसले कृषि पेशा गरेर निर्यात गछन तर नेपालका ६८ प्रतिशतले कृषि पेशागरेर पनि २५ प्रतिशत मानिसलाई मात्र खान पुग्छ धेरै हिस्सा आयात हुन्छ भन्दै यस्तो अवस्थामा आमुल परिवर्तन गर्नु नै वर्तमान सरकारको अभिभारा भएको वताउनु भयो । कृषि क्षेत्रमा उल्लेख कर्जा सस्तो ब्याज र अनुदानमा प्रवाह गर्न अव बैकहरु कम्मर कसेर लाग्नु पर्ने उहाले वताउनु भयो ।
मिसन डेभलपमेण्ट बैकले विना धितो समुहका महिलालाई ७ लाख सम्म कर्जा प्रवाह गर्नु सह्रानिय भएको वताउदै आर्थिक समृद्धीको वाहक बन्न मन्त्री खनालले बैकलाई आग्रह गर्नु भयो । उहाले कोपवाको ग्रामिण बस्तीलाई सेवा दिन शाखा विस्तार गरेको बैकप्रति बिशेष धन्यवाद समेत दिनु भयो ।
प्रदेश सांसद विष्णु पन्थीले नेपालमा सरकारले जादु गरेर परिवर्तन नगर्ने वताउदै वित्तिय सस्थामा विपन्नको सहज पहुच र उद्यमशिलताको विस्तारीकरणवाटै संभाव हुने वताउनु भयो । उहाले अव बैकहरु सबै गाउतहमा पुगेर सेवा दिएर सामान्य मुनाफाको उदेश्यले चल्नुपर्ने स्पष्ट पार्नु भयो ।
सो अवसरमा बैक ब्यवस्थापन समितिका अध्यक्ष लिला केसीले वोल्दै रुपन्देही, नवलपरासी र कपिलवस्तुलाई मुख्य कार्यक्षेत्र वनाएको मिसन बैकले अव प्रदेश स्तरमै सेवा विस्तार गर्ने वताउनु भयो । संचालक वावुराम पोख्रेलले बैकले १० हजार महिलालाई स्वरोजगार वनाउन सफल भएको दावि गर्नुभयो ।
प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद घिमिरेले ५२ हजार बढी गा्रहकलाई ३ अर्बवढी कर्जा प्रवाह गर्न बैक सफल भएको चर्चा गर्नु भयो । शाखा समुद्धघाटनको सहजीकरण बैकका स्टाप विष्णु प्रसाद पोख्रेलले गर्नु भएको थियो । कोपवामा खुलेको यो शाखा नै त्यहाका लागि पहिलो एकमात्र बैक हो ।

प्रकाशित मिति : ४ बैशाख २०७५ मंगलबार ००:००  १ : ४२ बजे