८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सिलिङ खोलामा झोलुङ्गे पुल बन्ने, भव्य समारोहका बीच शिलन्यास



गणेश बेल्बासे, अर्घाखाँची ।
शितगंगा नपा–९ स्थित कात्तिकेको सिलिङ खोलामा एक औपचारिक कार्यक्रमका बीच झोलुङ्गे पुलको शिलन्यास गरिएको छ । विभिन्न गाँउ बस्तीहरूलाई जोड्ने झोलुङ्गे पुलको शिलन्यास वडा नं.९ का वडा अध्यक्ष भिम बहादुर केसीले गरेका हुन् । भौगोलिक रुपमा जिल्लाकै ठुलो तथा दुर्गम वडाका रुपमा परिचित वडा नं.९ स्थित कात्तिकेमा पुलको शिलन्यास कार्यक्रममा स्थानीयबासीले अतिथिहरूलाई भव्य स्वागत गरेका थिए ।

विशेष गरी वर्षाको समयमा विद्यार्थीहरूलाई विद्यालयमा आवतजावत गर्न सजिलो हुने भएको छ । वर्षायाममा खोला तर्न, आवतजावत गर्न गाह्रो पर्ने उक्त क्षेत्रका बासिन्दा लाभान्वित हुने कात्तिके झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष निम बहादुर रानाले बताए । विगतका समस्या अन्त्य हुने भएपछि गाउँले उत्साहित छन’ पुनले भने ।
पुलको शिलन्यास गर्दै कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष भिम केसीले स्थानीय चुनावका क्रममा यस क्षेत्रको विकासका लागि प्रतिबद्धता जनाए अनुसार आफु अगाडि बढेको उनले बताएका छन । आफुले बोलेका योजनाहरु मध्ये यो एउटा लक्ष्य पुरा गरेको केसीले बताए ।

उनले समुदायको सक्रियतामा समेत पुल निर्धारित समयमै सम्पन्न गर्न सहज हुने भएकाले जनशक्ती परिचालन सहित श्रमदान र ब्यवस्थापनमा समेत सहयोग गर्न अनुरोध गरेका छन् । उक्त पुल करिब २३ लाखको लागतमा निर्माण हुन लागेको हो । स्थानीयले आवश्यक जनश्रमदान सहित जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउँदै पुलले गाउँबासीको बर्षौ पुरानो समस्यालाई समाधान गरेको बताएका छन् ।

शिलन्यास कार्यक्रममा वडा सदस्य खुमबहादुर लुईचे, डिलिसरा राना, गैह्र सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष ठाकुर प्र. अधिकारी, प्राविधिक सन्त बहादुर मुखियाका साथै स्थानीयको सहभागिता रहेको थियो ।

पुल निर्माण सम्पन्न भएपछि कात्तिकेका बासिन्दालाई वर्षामासमा सजिलो हुने भएको छ । उक्त पुलले वर्षामासमा नजिकको तुल्सी आधारभूत तहको लागि अध्ययन गर्न सहज बनाएको छ । पुलको निर्माणसंगै कात्तिके टोलका साथै अन्य अरु टोलहरु पनि लाभान्वित हुने भएका छ्न् । स्थानियबासी झोलङगे पुल निर्माण हुने भएपछि फुरुङ्ग भएका छन् ।

कार्यक्रम निम बहादुर केसीको अध्यक्षता र वडा अध्यक्ष भिम केसीको प्रमुख आतिथ्यता र पाँकुरी आधारभूत विद्यालयका प्र.अ गणेश बेल्बासेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७५ मंगलबार ००:००  १ : ३८ बजे