बाबुराम रायमाझी, भलवाड ।
बाणगंगा नगरपालिका वडा नम्बर ९ मा रहेका माडवान सिंचाई बाध नजिकै पौडी खेल्ने क्रममा एक जानको ज्यान गएको छ । मृत्यु हुनेमा बाणगंगा ८ बोडगाँउका १० बर्षीय राजन भुसाल रहेका छन ।
नयाँ वर्ष २०७५ सालको शुभ कामना आदान प्रदान गर्न तथा रमाईलो गर्न गाउँका ७ जना युवाहरु पौडी खेल्न गएका थिए । सुरुमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भुषाल स्थानिय गाउँले, इलाका प्रहरी कार्यालय पिपराको जनपथ प्रहरी, शसस्त्र प्रहरी वलको सक्रियतामा २ घण्टापछि मृत अवस्थामा फेला परेका थिए ।
घटनाको आवश्यक अनुसन्धानका लागि पोष्टमार्टको गर्न जिल्ला स्वास्थ्य कार्यालय तौलिहवा अस्पताल पठाएको इलाका प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक दिपेन्द्र वस्नेत वताउनुभयो ।
उता कालीगण्डकी नदीको रानीघाटमा डुबेर दुई जना युवा वेपत्ता भएका छन् । नयाँ वर्ष मनाउन रानीमहल दरबार गएका पाल्पा हारथोकका संगम कार्की र आयुष खड्का नदीमा डुबेर वेपत्ता भएको स्थानीय विष्णु पाण्डेले जानकारी दिनुभयो । नदीमा नुहाउने क्रममा उनीहरुलाई बगाएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
२ बैशाख २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया