८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रदेश पाँच सरकार–‘समृद्ध प्रदेश, सुखी जनता’



मायादेवी अनलाइन, बुटवल ।
प्रदेश सरकारले ‘सम्बृद्ध प्रदेश, सुखी जनता’को नारासहित १ अर्ब २ करोड ५ लाखको बजेट ल्याएको छ । विहीबार प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट पेश गर्नुभयो ।

प्रदेश सरकारको आफ्नो स्रोत छैन । त्यसेले केन्द्रले दिएको अनुदान रकमबाटै बजेट ल्याइएको हो । बजेटको ३६ करोड ६३ लाख ८२ हजार चालु खर्च र ३४ करोड ६ लाख ७५ हजार रुपैयाँ पूँजीगत खर्च छ ।

बाँकी ३१ करोड ३४ लाख ४३ हजार अर्थ बजेटमा राखिएको छ । अर्थ वजेटबाट वचत भएको रकम आगामी आर्थिक वर्षको आयमा समावेश गरिने छ । आफ्नो स्रोत नभएका बजेट कनिका छरे जस्तो छ ।

प्रदेश मन्त्रालय, संवैधानिक अंग तथा निकायहरुको स्थापना, भौतिक संरचना निर्माण र संचालन गर्न ५ करोड छुट्टाइएको छ । पहाड र तराईका अति पीछडिएका गाउँपालिकाहरुलाई लक्षित गरी मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका लागि २ करोड विनियोजन भएको छ ।

सहकारी विकास कोष स्थापनाका लागि एक करोड वजेट विनियोजन गरिएको छ । कृषि, पशुपालन, मत्स्यपालन व्यवसायलाई प्रोत्साहनका लागि उत्पादनमा आधारित अनुदान दिन अनुदान कोष स्थापनाका लागि एक करोड वजेट विनियोजन गरिएको छ ।

सहकारी विकास कोष स्थापनाका लागि एक करोड विनियोजन गरिएको छ । प्रदेशमा तीनवटा महानगर बनाउन संभाव्यता अध्ययन गर्न तथा दाङको घोराही र बुटवलमा रंगशाला निर्माण गर्न वजेट विनियोजन गर्ने उल्लेख छ ।

प्रदेश सूचना केन्द्र स्थापनाका लागि अध्धयन गर्न २० लाख, रामग्रामदेखि तिलौराकोटसम्म मोनोरेल, लुम्बिनी क्षेत्रमा पर्यटकको बसाई अवधि बढाउन सम्भाव्यता अध्ययनका साथै जगदिशपूर ताल संरक्षण कार्यक्रमका लागि २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७५ शनिबार ००:००  ३ : ११ बजे