मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १० को वडा कार्यलयमा विहिबार राती तोडफोड र आगजनी भएकोछ । आगजनीवाट एकथान कम्प्यूटर, प्रिन्टर मेसिन ध्वस्त भएकोछ । राती करिब ३ वजेको समयमा उक्त घटना भएको वताइएकोछ । अज्ञात समुहले आगजनी गरे पश्चात एउटा चेतावनी पत्र पनि छाडेको छ । पत्रमा वडा अध्यक्षले राजिनामा दिनुपर्ने उल्लेखछ । पत्रमा जिल्ला जनसरकारको नाम र छाप रहेको पाइएकोछ ।
पत्रमा देशको पछिल्लो राजनैतिक अवस्थाको बारेमा लेखिएको वडाध्यक्ष राम विहारी चौधरीले वताए । विहिबार राती कार्यलयमा तोडफोड गरि सामान जलाइएको भएपनि शुक्रबार विहान मात्र आफुहरुलाई जानकारी आएको इलाका प्रहरी कार्यलय पिपराका निरीक्षक राजु कार्कीले जनाए । घट्नाको थप अनुसन्धान भैरहको प्रहरी निरिक्षक कार्कीले बताए ।
वडा कार्यालय नै तोडफोड भएपछि जनप्रतिनिधिले असुरक्षित मशसुस गरेका छन । वडा अध्यक्षले राजीनामा दिनुपर्ने पत्र पनि भेटिएकोले उक्त घटना नेकपा ९विप्लव समुह० ले घटाएको प्रहरीले जनाएको छ ।
तर नेकपाका जिल्ला सेक्रेटरी संगम पुनले जिल्ला जन परिषदले वडा अध्यक्षलाई राजीनामा दिन पत्राचार गर्ने निर्णय गरेको भएता पनि आगजनी र तोडफोड भने नगरेको दाबी गरे ।
प्रतिक्रिया