८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

दक्षिणी क्षेत्रको विकास तीव्र हुँदै, सडक सञ्जालले जोडिदै



किरणमान बज्राचार्य, तौलिहवा ।
पछि परेको कपिलवस्तुको क्षेत्र नम्बर १ को दक्षिणी क्षेत्रमा धमाधम पक्की सडक निर्माण सुरु भएको छ । लुम्बिनी– तौलिहवा सडकखण्डको उत्तर तर्फ रहेको क्षेत्र नम्बर १ मा एकै पटक आधा दर्जन सडकको निर्माण कार्य अघि बढाईएको हो । सो सडक निर्माण संपन्न भए पछि सुद्धोदन र मायादेबी गाउँपालिकाको दक्षिणी क्षेत्रमा रहेका सबै जसो गाउ पक्की सडक संजाल संग जोडिने सडक डिभिजन कार्यालयले जनाएको छ । सो सडक निर्माण सुरु भएको बेला तौलिहवा– लुम्बिनी सडक समेत डबल लेनको निर्माण कार्य अघि बढाई पछि त्यस क्षेत्रका स्थानीयहरुमा खुशीको लहर छाएको छ । यसै क्रममा ११ दशमलव ८ किमिको सडक निर्माण तीब्र गतीमा अघि बढाईएको छ । कुल १० मिटर चौडा मध्ये ७ मिटर पक्की सडक निर्माण गरिनेछ । चाकरचौडा– गौरा– सिसहनीया हुदै तिर्तिर्ख गाउ सम्म सडक निर्माण हुनेछ । २१ करोड ४७ लाख लागत रहेको सडकको निर्माण कार्य आगामी ढाई बर्ष भित्र पुरा हुनेछ । निर्माण कम्पनी नेपाल आर्दश कम्पनी प्रालिका साईट इन्चार्ज युवराज खड्काले बाटोको निर्माण कार्य दु्रत गतिमा बढाईएको बताए । माटो पाट्ने काम ९० प्रतिशत भएको र आउने आसार भित्र ग्राभेल बिछाईने उनले बताए ।
१७ वटा कलभर्ड र ६ वटा कलभर्ड समेत निर्माण गरी सकिएको छ । सो सडकमा ३ किलिमिटर पक्की नाली समेत बनाईने छ । ‘ भित्रि गाउमा यति फराकिलो र यो स्तरको सडक बनेको पहिलो पटक रहेको वडा अध्यक्ष राजेन्द्र पाण्डेयले बताए । ‘ यो सडक निर्मााण्ले तत्कालीन ४ गाबिसका जनता प्रत्यक्ष लाभांवित हुनेछन उनले खुशी हुदै भने ‘यो क्षेत्रमा बल्ल विकासको अनुभुति हुदैछ ’ । यो सडक निर्मााणले बलुहवा, पिपरा, हरनामपुर तिर्खिखी गाउका जनताहरु प्रत्यक्ष लाभांवित हुने वडा अध्यक्ष पाण्डेयले बताए । यो सडक निर्मााणले यस क्षेत्रको कायापलट हुने अर्का स्थानीय बिरेन्द्र शुक्लाले बताए ।
यसै गरी यसै क्षेत्रको बिजुवा– हरीबंशपुर मनखोरिया हुदै बिमिया सम्म ११ किमि पक्की सडक समेत निर्माणको कार्य अघि बढाईएको छ । यो सडको संयुक्त सर्वे गरी काम समेत सुरु भएको छ । १० करोड लागतको यो सडकको चौडाई समेत १० मिटर छ । जसमभ्ये ७ मिटर पक्की गरिनेछ । यस्तै १५ करोड लागतको – बर्रोहिया पचेहरा सडक समेत निर्माण भईरहेको छ । यस्तै ३५ करोड ८६ लाखको ११ किमि लामो पडकी जयनगर सडक, ५ करोड लागतको ४ किमि लामो पचेहरा– उचडीहवा सडक समेत निर्माण भईरहेको छ ।
यस्तै एसएनआरटी कार्यक्रम अन्तरर्गत १३ किलो टिमर लामो ३० करोड लगतको दोहनी– सिबलवा– लवनी सडक समेत निर्माण कार्य अघि बढाईएको छ । सो सडकका लागि लामो प्रयास गरेको सांसद अतहर कमालले क्षेत्र नम्बरको दक्षिणी क्षेत्र अबको ३ बर्ष भित्र सडक संजाले जोड्ने बताए । ‘ पक्की सडक नहुदा यस क्षेत्रमा आजवत जावत गर्न निकै कठिनाईछ सडक निर्माण भए पछि यस क्षेत्रको आथिृक विकासले समेत गती लिने छ ’ उनले भने । सोही क्षेत्रमा रहेको सुद्धोदन गाउपालिका प्रमुख निसार अहमद खाले अफनो गाउपालिकामा समेत बाटोघाटो र पुलपुलेसाको काम अघि बढाईएको बताए । ‘ बजेट अभावले स– साना सडक निर्माणको काम अघि बढाएका छौ’ उनले भने । गाउपालिका कै ५ करोड ८० लाख बजेटले बिमियामा पर्ने बेती नदीमा पुल निर्माणको काम समेत अघि बढाईएको उनले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७४ शुक्रबार ००:००  ११ : ३९ बजे