८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कपिलवस्तुमा बैशाख १ देखि आर्थिक गणना हुँदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
बैशाख देखि कपिलवस्तुमा पहिलो पटक आर्थिक गणना हुने भएको छ । जिल्लामा हुने आर्थिक क्रियाकलापहरुको स्थिति पत्ता लगाउन आर्थिक गणना गर्न लागिएको हो । यसको जानकारी शुक्रबार तौलिहवामा जिल्ला स्तरीय जनचेतना गोष्ठि आयोजना गरेर दिइएको छ । जेठ मसान्तमा आर्थिक गणना सक्ने गरि बैशाख १ देखी ३६ जना गणकहरुलाई गाउँगाउमा पठाउने तयारी भैरहेको जिल्ला आर्थिक गणना अधिकृत विकल्प चौधरीले जानकारी दिनुभएको छ ।
कार्यालयले प्रशासनिक निकाय बाहेक सम्पूर्ण व्यापारीक प्रतिष्ठानको तथ्यांक संकलन गर्ने चौधरीले बताउनुभयोे । यसमा व्यापारिक प्रतिष्ठानकोे परिचयात्मक विवरण, आम्दानी, कारोबार विवरण, ऋणमा पहुँच कारोवार सम्बन्धी विवरण संकलन गरी आर्थिक तथ्यांक संकलन गरिने आर्थिक गणना चौधरीले बताउनुभयो ।
पहिलो पटक देशैभर एकै साथ सञ्चालन गर्न थालिएको आर्थिक गणनाबाट प्राप्त हुने तथ्यांकले अर्थतन्त्र र आर्थिक एकाईहरुको आकार, प्रकार, संरचना, रोजगारी, लगायतका नीति निर्माणका लागि आवश्यक पर्ने विवरणहरु तथा आधारभूत सुचकहरु एकै साथ उपलब्ध हुने गरी केन्द्रिय तथ्यांक विभाग मार्फत सरकारले राष्ट्रिय आर्थिक गणना २०७५ सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।
आर्थिक गणना अन्र्तगत खानी तथा उत्खनन, औद्योगिक उत्पादन, वित्तिय तथा बिमा, विद्यालय, कलेज, गैरसरकारी संस्था अर्धसरकारी निकाय, प्राईभेट लिमिटेड, उपभोक्ता समिति लगायतका क्षेत्रको विवरण संकलन गरिने जिल्ला आर्थिक गणना कार्यालय कपिलवस्तुले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आर्थिक गणनामा सबैले सहयोग पु¥याउनुपर्ने बताउनुभयो । सरकारले ल्याएको राष्ट्रिय कार्यक्रम भएकोले आर्थिक गणना अनिवार्य भएकोले सम्बन्धित सबैले चासो राख्नुपर्नेमा प्रजिअ भुजेलले जोड दिनुभयो । उक्त अवसरमा उद्योगी तथा व्यवसायिहरुले आर्थिक गणनामा आफुहरुले सघाउने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७४ शुक्रबार ००:००  १० : ५१ बजे