सीताराम चौधरी, कृष्णनगर ।
कृष्णनगर प्रहरीले अबैध रुपमा भन्सार छली नेपाल भित्राइएका ३५ गोटा खसी र बोका सीमा नाकाबाट नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी नायब निरीक्षक चन्द्र प्रसाद शर्माको कमाण्डमा खटिएको गस्ती टोलीले कृष्णनगर नपा ५, बन्चौरा नाकाबाट सो खसी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका खसीबोका १लाख २२ हजार ५सय मूल्य पर्ने प्रहरी निरीक्षक सुभाष कुमार गैरेले जानकारी दिएका छन् ।
यसैगरी सोही टोलीले चेकजाँचका क्रममा कृष्णनगर २ यात्रुगेटबाट १० हजार ३० रुपैयाँ बराबरको स्टेशनरी सामान नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छली ल्याएको भन्दै सामान पक्राउ गरेको प्रहरी निरीक्षक गैरेले बताए । बरामद गरिएका पशु तथा सामान आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार चलान गरेको गैरेले जनाएका छन् ।
२९ चैत्र २०७४ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया