८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

माओवादीका नेता तिवारी तौलिहवाबाट बेपत्ता, भारतीय प्रहरीले अपहरण गरेको आशंका !



मायादेवी अनलाइन, कपिलवस्तु ।
कामको सिलसिलामा हिडेका माओबादी केन्द्रका नेता सुशील कुमार तिवारी दिनदहाडै सदरमुकाम तौलिहवाबाट बेपत्ता भएका छन । बाणगगा नगरपालिका वडा नम्बर ६ कोपवा घर भई हाल कपिलवस्तु नगरपालिका ३, क्याम्पस टोल बस्ने ३५ वर्षीय तिवारी सोमबार दिउँसो देखि बेपत्ता भएको पारिवारिक श्रोतले जनाएको छ । तिवारी माओबादी केन्द्रका महाधिबेशन तयारी समितिका सदस्य रहेको पार्टीले जनाएको छ । सोमबार बिहान ११.३० बजे कपिलवस्तु नगरपािलको भाडामा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा बिशेष कामले उनी पुगेका थिए । उनी दिउँसोे २.३० बजे सम्म तौलिहवा बजारमै रहेको उनका दाजु अनिल कुमार तिवारीले बताए । साँझ ९ बजे सम्म घरमा नआए पछि परिवारले बेपत्ता भएको भन्दै खोजि गरिदिन प्रहरीलाई टेलिफोन मार्फत जानकारी गराएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक नरेन्द्र कार्किले बताए । प्रहरी कार्यालयका सिसि टिबिको फुटेजमा सोमवार बिहान पौने ११ बजे सम्म तिवारी पार्टी कार्यालयमा रहेको देखिएको छ । मौखिक उजुरी आए लगतै प्रहरीले खोजीकार्यको लागि प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरिक्षक कार्किले बताए । श्रीमानले चढ्ने मोटरसाइकल कपिलवस्तु नगरपालिका अगाडि भेटिएको तर उनी कहां गए वा कसले लग्यौ भन्ने विषयमा कुनै जानकारी भने नभएको शुसीलकी श्रामती सीता तिवारीले बताइन् । तौलिहवामा पत्रकार सम्मेलन गरि आफ्नो श्रीमानको खोजी गरिदिन उनले पत्रकार तथा मानवअधिकारकर्मीलाई आग्रह गरिन् ।
बेपत्ता तिवारी नेकपा माओवादी केन्द्रका केन्द्रीय आयोजक समितीका सदस्य रहेको पार्टी इन्चार्ज भानु प्रकास श्रेष्ठले जानकारी दिनुभयो । उनको खोजी गरिदिन दाजु अनिल तिवारीले जिल्ला प्रशासन जिल्ला प्रहरी कार्यालय, नेकपा माओवादी केन्द्र पार्टी कार्यालय, विभिन्न मानवअधिकारवादी संघसंस्थामा मंगलबार निबेदन दिनुभएको छ ।
केहि बर्ष अगाडि देखि उनलाई भारतीय प्रहरीले खोजी गरिरहेको पत्रकार सम्मेलनमा तिवारीका दाजु अनिल तिवारीले बताउनुभयो । अपराधिक क्रियाकलापमा संलग्न भएको झुठो आरोप लगाई आफ्नो भाइलाई मानसिक तनाव दिएकाले उनीहरुले अपहरण पनि भारतीय ब्यक्तिहरुले गरेको हुन सक्ने तिवारीले बताउनुभयो । पाच सात बर्ष अघि बेपत्ता भएका तिवारीलाई भारतीय प्रहरीले लागु औषधको मुद्दामा अदालत लैजाने क्रममा दुर्घटना भए पछि त्यहाबाट भाग्न सफल भएको भारतीय पत्रिका अमर उज्याला लगायतका पत्रिकाहरुमा उल्लेख गरिएको छ । त्यस यता तिवारीलाई भारतीय एसटीएफ उनलाई पक्राउ गर्न तौलिहवा आएका थिए । भारतीय संचार माध्यमका अनुसार तिवारी माथी प्रहरीले ईमान समेत राखेको थियो । बेपत्ता तिवारीको एक छोरा र एक छोरी छन ।

प्रकाशित मिति : २९ चैत्र २०७४ बिहिबार ००:००  १ : ०९ बजे