मणि प्रसाद गैह्रे, कपिलवस्तु ।
नेपाली कांग्रेसका नेता तथा पुर्व गृहमन्त्री खुम बहादुर खड्काको १३ औ दिनको पुण्य तिथीको अवसरमा नेपाली कांग्रेस कपिलवस्तुले अस्तु विर्सजन तथा शोकसभा सम्पन्न गरेको छ ।
खड्काको उपचारको क्रममा गत चैत १६ गते दिल्लीमा निधन भएको थियो । १३ दिनको पुण्य तिथीको अवसरमा कांग्रेस कपिलवस्तुले वाणगंगा नदिको रामघाटमा नेता खड्काको अस्तु लगेर विर्सजन गरेको छ ।
साथै जिल्ला पार्टी कार्यालय तौलिहवामा शोकसभा सम्पन्न गरेको छ । सो अवसरमा बोल्दै केन्द्रिय सदस्य तथा सासंद अतहर कमालले नेपाली राजनितिमा निडर र दुरगामी नेता गुमाउनु परेको बताउनुभयो । खड्का नेत्तृत्वमा रहेका मन्त्रालयवाट विकास, तथा सामाजिक रुपन्तारण जस्ता पक्षमा धेरै उपलब्धी भएको हुंदा उहाँका कार्य सधै मार्गदशनको रुपमा रहने बताउनुभएको छ ।
कार्यक्रममा वोल्ने अधिकांश नेताले युवालाई रोजगार, विकास र शान्ति सुरक्षा र कार्यकर्ताको संरक्षण र दुरगामी योजना र सोच भएको चर्चा गरेका थिए । खड्का निधनले नेपाली कांग्रेसलाई क्षती पुगेको हुंदा उहाका निति र सिद्धान्त अगाल्न सके मात्र खड्का प्रतिको सच्चा श्रदान्जली हुने बताएका थिए ।
त्यस्तै कार्यक्रममा पुर्व मन्त्री कमलेश शर्मा, पुर्व सांसद विष्णु राज आर्चाय, प्रदेश सभा सदस्य रिना नेपाल, पुर्व पार्टी सभापति सुधाकर पाण्डेय, पार्टी सचिव प्रेम बहादुर रायमाझी यशोधरा गाउंपालिकाका प्रमुख गिरिजेश कुमार पाण्डेय, कपिलवस्तु नगरपालिकाका उप प्रमुख लक्ष्मी गुप्ता, जिल्ला समन्यव समितिका सदस्य अनुप कुमार पाण्डेय कांगे्रस नेता ललित गुरुङ, चतुर्भुजमणी त्रिपाठी, रवि काफ्ले, हरिराज घिमिरे, हुमकान्त खनाल, हरि पोख्रेल, अजय थापा , राजेश ज्ञवाली, जगदिश पाण्डेय, महिला संघ सभापति मिना केसी लगायतले खड्का नेपाली राजनितीमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए । पार्टी सभापति सुरेन्द्रराज आर्चायको सभापतित्व र सचिव महेन्द्र कुमार पाठकको संचालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
२८ चैत्र २०७४ बुधबार ००:००
0
Shares
प्रतिक्रिया