सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुको चन्द्रौटामा बुधबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । चन्द्रौटा लर्डबुद्ध लायन्स कलबद्वारा निःशुल्क आँखा शिविर संचालन भएको हो । शिविरमा ५३ जना मोतिया विन्दुका विरामी भेटिएको कार्यक्रम संयोजक एवं आयोजक संस्थाका जोन चेयर पर्सन टिकाबहादुर कुँवरले जानकारी दिए । मोतिया विन्दुका विरामीलाई बहादुर आँखा अस्पतालमा निःशुल्क अप्रेसनका लागि रिफर गरिएको आयोजक संस्थाका अध्यक्ष गोकर्ण कुँवरले जनाए ।
आँखा शिविरमा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा नेत्र सहायक नारायणी मास्केको नेतृत्वमा ५ जनाको टोलीद्वारा आँखा परीक्षण गरिएको थियो ।
शिविरको उद्घाटन गर्दै प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले यस क्षेत्रका विपन्न, गरीब तथा निमुखा जनताका लागि आयोजना गरिएको शिविर निकै प्रभावकारी रहेको बताउँदै आयोजकलाई धन्यबाद दिए । उनले यस किसिमको कार्यक्रमलाई निरन्तरता दिन समेत अनुरोध गरे । यस्तै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले कार्यक्रम यसभेगका जनताका लागि बरदान सावित हुने विश्वास गर्दै आफूबाट हुने सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गरेका थिए ।
यसैगरी कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट एडभाइजर दिनेशचन्द्र गुप्ता, लायन्स क्लबका जोन चेयर पर्सन टिकाबहादुर कुँवर, शिवराज सापकोटा लगायतले शुभकामना दिंदै सबैको सहयोगले कार्यक्रम सफल हुने विश्वास व्यक्त गरेका थिए । साथै आगामी दिनमा यस किसिमको कार्यक्रमलाई अझ व्यवस्थित रुपमा संचालन गरिने समेत उनीहरुले प्रतिबद्धता जाहेर गरेका थिए ।
प्रतिक्रिया