८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

अख्तियारमा कपिलबस्तुका ४९ वटा उजुरी



अजय बर्मा, तौलिहवा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बुटवलले लुम्बिनी अञ्चलमा सबैभन्दा बढी उजुरी शिक्षाको परेको कार्यपत्र सार्वजनिक गरेको छ । आज कपिलबस्तु सदरमुकाम तौलिहवामा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सरोकारवाला निकायको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा चालु आवमा हालसम्म ६ सय ९९ वटा उजुरी क्षेत्रीय कार्यालयमा आएको आयोगका क्षेत्रीय प्रमुख दिनेश कुमार आचार्यले बताउनुभयो ।
लुम्बिनी अञ्चलमा सबैभन्दा बढि २९१ वटा शिक्षा क्षेत्रमा उजुरी परेको उहाले बताउनुभएको छ । उहाले भन्नुभयो, शिक्षा क्षेत्रमा सबैभन्दा बढि नवलपरासी जिल्लामा ९९ वटा उजुरी परेका छन त्यस्तै कपिलबस्तुका ४९ वटा उजुरी छन् । समग्रमा शिक्षा क्षेत्रमा २९१ वटा उजुरी परेमध्ये रुपन्देहीमा ८८ वटा, अर्घाखांचीमा २८, गुल्मीमा १७ र पाल्पामा १० उजुरी परेको आयोगले जनाएको छ ।
संख्यात्मक रुपमा रुपन्देहीमा २४६ वटा उजुरी परेको आयोगले जनाएको छ । नवलपरासीमा १७१, कपिलबस्तुमा १४६, अर्घाखांचीमा ५६ र पाल्पा र गुल्मी जिल्लामा समान ४०÷४० वटा उजुरी परेको क्षेत्रीय कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७४ बुधबार ००:००  १ : ५९ बजे