८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

शैक्षिक क्षेत्रलाई स्वतन्त्र बनाउनुपर्छ : भट्टराई



मायादेवी अनलाइन, भैरहवा ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले शैक्षिक क्षेत्रलाई स्वतन्त्र बनाउनु पर्ने बताउनुभएको छ । उहाले पछिल्लो समय शैक्षिक संस्थाहरुमा राजनीति हावी हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई हटाउनु पर्ने बताउनुभयो ।

अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीद्वारा आयोजित शुभकामना आदन–प्रदान, क्यालेण्डर विमोचन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै भट्टराईले समृद्धि नेपालका लागी शिक्षा क्षेत्रलाई स्वतन्त्र र प्राज्ञिक थलोको रुपमा विकास गदै विश्वसंग प्रतिसपर्धा गर्न सक्ने शिक्षा त्रिभुवन विश्वविद्यालयका आंगीक क्याम्पसले प्रदान गर्नु पर्ने बताउनुभयो ।

एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक समेत रहनुभएका नेता भट्टराईले विद्यार्थीहरु परिवर्तनको संवाहक भएको जनाउदैं विश्वको विद्यार्थी आन्दोलनको चर्चा गर्दा अनेरास्ववियुको काम कारबाहिको ईतिहांस सधैं उदाहरणीय भएको पनि जिकिर गर्नुभयोे ।

अनेरास्ववियुका केन्द्रिय महासचिव ऐन महरले वैज्ञानिक र व्यवहारिक शिक्षालाई सबैको पहुंचमा पुराउन अनेरास्ववियुले दिनरात पहल गरिरहेको पनि स्पष्ट पार्नुभएको छ । उहाले अनेरास्ववियुको नेतृत्वमा विश्वविद्यालयलाई प्राज्ञिक थलोको रुपमा विकास गर्ने अभ्यास थालनी भईरहेको जनाउनुभयो ।

अब विद्यार्थीहरु सडक आन्दोलन र टायर बाल्ने काममा जाने बातवरण सृजना नहुने विश्वास व्यक्त गर्दै प्राप्त उपलब्धीलाई संस्थागत गर्दै सरकार अगाडी बढ्नेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य बाबुराम पन्थी, प्रेस चौतारी नेपाल रुपन्देही कोषाध्यक्ष नरेश के.सी., क्याम्पस प्रमुख अनिलकुमार झा, अनेरास्ववियु रुपन्देही क्षेत्र नम्बर ३ संयोजक लक्ष्मी के.सी.लगायतले बोल्दै त्रिविमा र्शैक्षिक सुधारको खाँचो रहेको बताउनुभउको थियो ।
क्याम्पस कमिटी अध्यक्ष सरोज ठकुरीको सभापतित्व, झक बहादुर आलेको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य हितराज पन्थी, एमाले नगर सचिव थानेश्वर पौडेल, कुमार गुरुङल गायतको आथित्यता रहेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७४ बुधबार ००:००  १ : ५५ बजे