८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

हार्डबेयर मालिकलाई चोरले कुटेर घाइते बनाए, दुई लाख रकम चोरेर फरार



चुरामणि अर्याल, कपिलवस्तु ।
कपिलवस्तु नगरपालीका– ८ दोहनी चोकमा रहेको नवदुर्गा हार्डबेयर पसलका मालिकलाई घर जाने क्रममा गए राती अज्ञात समुहले कुटपीट गरी उनको साथबाट नगद सहित सामग्री लुटेर लगेको छ ।
मायादेबी गाउँपालिका–७ हरनामपुर घर भई हाल दोहनी चोकमा पसल गर्दै आएका ३० वर्षीय रजक चौधरी राती आठ बजे पसल बन्द गरी लु ३० प ७४५ नंको मोटरसाईकलमा घर तर्फ जाने क्रममा कपिलवस्तु नगरपालीका–७ सेरहीमा बिपरीत दिशाबाट आएको भारतीय नम्बरको हिरो होण्डा कम्पनीको मोटरसाईकलमा सवार मुखमा माक्स लगाएका दुई जनाको अज्ञात समुहले उनलाई रोकी कुटपिट गरी उनको साथमा रहेको नगद रु.दुई लाख र २ वटा मोबाईल लुटेर लगेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
कुटपीट गरी नगद सहित सामाग्री लुटी उनीहरु दक्षिण तर्फ भागेको पीडित चौधरीले बताउनुभयो । उनिहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको कुटपीटबाट घाईते भएका चौधरीको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७४ बुधबार ००:००  ३ : ३९ बजे