८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बुद्धभूमि नगरपालिकाको उदाहरणीय काम, सर्वसाधारणको लागि निशुल्क आखाँ शिविर



मायादेवी अनलाइन, कपिलवस्तु ।
बुद्धभूमि नगरपालिकाको गोरुसिङ्गेमा भएको निशुल्क आखाँ शिविरमा ६० जना मोतीया विन्दुका विरामी भेटिएका छन । बुद्धभूमि नगरपालिकाको आयोजना र लाइन्स आँखा अस्पताल बुटबलको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा ४ सय १ जनाले आँखा जाच गराएका थिए । जसमध्ये ६० जना मोतिया विन्दु भएका विरामी भेटिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोकर्ण अर्यालले जानकारी दिनुभयो । तिनिहरु मध्ये ३० जना विरामीलाई मंगलबार नै आखाँ अपरेसनका लागि बुटबल पठाइएको अर्यालले बताउनुभयो । अरु ३० जना मोतीया विन्दुका विरामीलाई भोली अपरेसनका लागि बुटबल पठाउने उहाले बताउनुभयो ।
नगरपालिका भित्रका नागरिकलाई मध्यनजर गरि नगरपालिकाले निशुल्क आखाँ शिविर आयोजना गरेको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो । आखाँ शिविरमा आखाँ जाच गराउदा मोतीया विन्दु भएका सर्वसाधारणलाई नगरपालिकाले कम शुल्कमा अपरेसनको व्यवस्था मिलाएको पनि नगर प्रमुख श्रेष्ठले बताउनुभयो । मोतीया विन्दु भएका विरामीको अपेसन गर्दा ६ हजार ५ सय लाग्ने भएपनि नगरपालिकाले २१ सयमा अपरेसन गर्ने व्यवस्था मिलाएको उहाले जानकारी दिनुभयो ।
नगरपािलकाको बार्षिक कार्यक्रम अनुसार नै निशुल्क आखाँ शिविर आयोजना गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताउनुभयो । आखाँ शिविर पछि नगरपालिकाले आगामी दिनमा एकिकृत स्वास्थ्य घुम्ति शिविर, पाठेघरको निशुल्क जाच र क्षयरोगको चाज गर्ने आयोजना रहेको सुनाउनुभयो । गोरुसिंगेमा भएको निशुल्क आखा शिविरमा नगरपालिका भित्रका सर्बसाधारणको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७४ बुधबार ००:००  ३ : २१ बजे