८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कृषि र पर्यटनले आर्थिक समृद्धि : प्रकाशमान



शिवलाल सुवेदी, गुल्मी ।
पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले कृषि पर्यटनको विकासले मात्र आर्थिक समृद्धि हुने बताएका छन । नेपाल कृषि प्रधान देश र पर्यटनको प्रचुर सम्भावना भएको मुलुक भएकाले कृषि र पर्यटनको क्षेत्रमा विकास गर्न सके मात्र देशको आर्थिक समृद्धि हुने बताए ।
कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मी उद्योग वाणिञ्य सघंले आयोजना गरेको तेस्रो गुल्मी महोत्सवको समापन गदै कांग्रेस नेता समेत रहेका पूर्व उपप्रधानमन्त्री सिंहले कृषि र पर्यटनको क्षेत्रमा राज्यले लगानी बढाउनु पर्ने बताए । उनले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा भन्दा पनि लोकप्रियता कमाउन तिर लागेको आरोप लगाए । सरकार काम गर्नेभन्दा पनि लोकप्रियता कमाउनेतर्फ बढी मात्रामा लागेको छ सिंहले भने‘ जनताले वामपन्थीलाई ठुलो अवसर दिएका छन त्यो सत्तापक्षले जिम्मेवारी इमान्दारीका साथ कार्यान्वयन गरोस ।’ मुलुक अहिले पनि नेपाली काग्रेसले पटक पटक सरकारको नेतृत्व लिदाँ लिएको आर्थिक नितीवाट नै अगाडि बढेकाले देशको आर्थिक समृद्धि र विकासलाई अगाडि बढाउनका लागि विकास निमार्ण लगायतलाई राज्यले प्राथमिकताका साथ लिनुपर्ने उनको तर्क थियो । मेरोे सत्तापक्षका साथीहरुलाई शभकामना छ सिंहले भने‘नारामा मात्रै नभएर काम गरेर देखाउनुस ।’

प्रकाशित मिति : २६ चैत्र २०७४ सोमबार ००:००  २ : १५ बजे