८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सरकारी सवारी साधनमा कडाई, विदामा चलाउन परे अनुमती चाहिने



इमरान खान, कपिलवस्तु ।
सरकारी सवारीसाधन चलाउन अब प्रशासनको अनिवार्य अनुमति चाहिने भएको छ । बिदाका दिनमा पनि सरकारी सवारीसाधन अनावश्यक प्रयोग गरि दुरुपयोग भएकोमा यसलाई रोक्न प्रशासनले कडा कदम चालेको हो । प्रशासनले एक सुचना जारी गरेर जनप्रतिनिधी, कर्मचारी सबैलाई विदाको दिन सवारी साधन अनुमति लिएर चलाउन अनुरोध गरेको छ ।
यदि सरकारी सवारी साधन बिदाका दिनमा कामले लैजानुपर्ने भएमा अनिवार्य प्रशासनको अनुमती चाहिनेछ छ । त्यसको लागि पास लिन जिल्ला प्रशासन कार्यालय तौलिहवा, ईलाका प्रशासन कार्यालय चन्द्रौटा र ईलाका प्रशासन कार्यालय जितपुर चार नम्बरमा सम्पर्क गर्नुपर्ने छ ।
यसभन्दा अघि जिल्लामा सरकारी सवारीसाधनको व्यापक दुरुपयोग भएको गुनासा आएका थिए । चौतिर्फ गुनासा आएपछि प्रशासनले कडाई गरेको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७४ शनिबार ००:००  ३ : ३६ बजे