८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

विप्लवको गतिविधी राजनीतिक होइन – गृहमन्त्री थापा



मायादेवी अनलाइन, चितवन ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधी राजनितिक नभएको गृहमन्त्री रामबहादुर थापाले बताउनुभएको छ । संविधान र कानुन विपरितको गतिविधी राजनितिक नभई अतिवाद भएको भन्दै त्यस्तो गतिविधी सरकारले नियन्त्रण गर्ने मन्त्री थापाले स्पष्ट पार्नुभयो ।

चितवनको भरतपुर बिमानस्थलमा आज प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले हिंसात्मक गतिविधीलाई नियन्त्रण गर्ने जिम्मेवारी गुहमन्त्रालयको भएको र आफुहरुले त्यो काम गरिरहेको दावी गर्नुभयो । हिंसात्मक गतिविधी गर्ने र निर्वाचित जनप्रतिनिधीको राजिनामा माग्नु गैर राजनितिक कार्य भएको मन्त्री थापाको भनाई छ ।

मन्त्री भएपछि पहिलो पटक चितवन आउनुभएको माओवादी केन्द्रका नेता एवम् गृहमन्त्री थापाले फरक प्रसङ्गमा गृहमन्त्री थापाले अहिलेको सरकारले गर्ने प्रहरी प्रमुख आइजिपी नियुक्ती विवादित नहुने दावी गर्नुभएको छ । प्रहरी प्रमुख नियुक्ती वैज्ञानिक , नियमसंगत र निश्चित प्रक्रिया अनुसार गरिने भएकोले विगतको जस्तो कुनै पनी विवाद नआउने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २४ चैत्र २०७४ शनिबार ००:००  २ : ४४ बजे