गीता पौडेल, चन्द्रौटा ।
शिबराज नगरपालिका वडा न. १ शिवपुरलाई शनिबार पुर्ण खोप युक्त वडा घोषणा गरिएको छ । खोप सेवा नेपाल सरकारको स्वास्थ्य क्षेत्रको पहिलो प्राथामिकता प्राप्त कार्यक्रम हो । वि.स. २०३४ सालमा विस्तारित खोप सेवा नामबाट प्रारम्भ भै व्यापकता पाएको खोपसेवाले अहिले सम्म आईपुग्दा समय सापेक्ष भएका नीतिगत सुधार सेवाको बिस्तार गरि मानवीय र संस्थागत संरचनामा भएको स्तरउन्नतिले स्वास्थ्य क्षेत्रमा बिगतमा भन्दा सुधार हुँदै बालमत्यूदरमा कमी आई अपागंतामा सुधार देखिएको छ ।
खोप सेवा कार्यक्रमले सम्पुर्ण बालबालिकाहरुलाई नियमित खोपबाट उपलब्ध भएको सबै खोपसेवा उपलब्ध गराई बालबालिकाको रोग दर, मृत्यूदर, अपागंता दरमा कमी ल्याउनु राष्ट्रिय खोप कार्यक्रमको मुख्य लक्ष्य हो ।
पुर्ण खोप युक्त घोषणा कार्यक्रममा प्रतिबेदन बाचन गर्दै शिबपुर स्वास्थ्य चौकीका इन्चार्ज लेखनाथ पौडेलले शिबराज नगरपालिकाको वडा न.१ अन्तरगत पर्ने शिबपुर स्वास्थ्य चौकीले सेवा प्रबाह गर्ने क्रममा जन्म देखि १२ महिना भित्रका ३७६ बालबालिकाले खोप प्राप्त गरेका छन त्यस्तै १२ देखि २३ महिना भित्रका ४०६ बालबालिकाले खोप प्राप्त र १६ महिना देखि २३ महिना सम्म पूर्ण खोप पराप्त गरेका २०६ जना बालबालिका रहेकोे इन्चार्ज पौडेलले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मानिस जन्मने हुर्कने, बढने क्रममा स्वस्थ भएर बाँचन पाउनु पर्दछ भन्दै अहिले यस वडामा बसोवास गर्ने लक्ष्ति बालबालिकाले पूर्ण रुपमा खोप पाइसकेको र अबका दिनमा पनि यहांका सबै बालबालिकाले खोप पाउने छन वा पाउनु पर्दछ भन्दै स्वस्थ जिवन बनाउन हरेक नागरिकले आफै प्रयास गर्नु पर्ने जिल्ला समनय समितिका संयोजक तथा जिल्ला खोप समितिका अध्यक्ष नारायण प्रसाद खनालले बताउनुभयो ।
त्यस्तै बच्चा जन्मे पछि स्वास्थ्य सेवा पराप्त गर्न पाउनु उसको अधिकार भएकाले अधिकार प्रराप्त गर्न हरेक अभिभावकले दायित्व समेत निर्वाह गर्नु पर्ने बताउंदै खोपको अभावमा बिभिन्न खालका रोगले आक्रमर्ण गर्न सक्ने भएकाले अब शिबराज नगरपालिका वासिले आफना बालबालिकालाई खोपबाट बन्चित गर्न नहुने कार्यक्रमका बिशेष अतिथि शिबराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।
कार्यक्रममा बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा शिबराज नगरपालिका वडा न.१ का अध्यक्ष जगत बहादुर जि.सिको अध्यक्षतामा समपन्न कार्यक्रमको संचालन अर्जुन पौडेलले गर्नु भएको थियो ।
प्रतिक्रिया