८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

विष्णु पौडेल भन्छन्, ‘पार्टी एकतामा प्रतिशतको भागवण्डा भन्नु निराधार हल्ला’



लक्ष्मण पोखरेल, बुटवल ।
एमाले उपमहासचिव विष्णु पौडेलले दुई पार्टीको एकतामा प्रतिशतको भागवण्डा भन्नु निराधार हल्ला भएको दावि गरेका छन् । पार्टीको इतिहास, योगदान र योग्यताको आधारमा सबै नेता कार्याकर्ताको व्यवस्थापन हुने भन्दै त्यसमा प्रतिशतको कुरै नहुने बताए ।
प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले योग्यता र योगदानको हिसावमा नेता कार्याकर्ताको व्यव्रस्थापन गर्दा माओवादीको ६० प्रतिशत हिस्सा पुग्दा पनि एमालेलाई आपत्ती नुहने स्पष्ट पारे । पारस्पिरिक सम्मान र समानताका साथ पार्टी एकता हुने भएकाले प्रतिशतको बहसै नरहेको उनको दावि छ । ।
एकाध विषय टुंिगन बाकी रहेको भन्दै उनले चुनाव अघिबाट शुरु भएको गठबन्धन र एकताले बैशाख ९ गते मूर्त रुप पाउने बताए । पार्टीको चुनाव चिन्ह, जनयुद्ध शब्द राख्ने तथा नेतृत्वका विषयमा जति विवाद छ भन्ने प्रचार भए पनि त्यसो नभएको भन्दै एकाध दिनमै सबै कुरा मिलेर पार्टी एकता हुने उनले दावि गरे । हालसम्मकै विशाल जनप्रदर्शनबाट पार्टी एकता घोषणा हुने उनको भनाई छ ।
फरक प्रसंगमा नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सद्भाव र सम्बन्ध स्थापनामा केन्द्रीत हुने बताए । दुई छिमेकीबीच समदुरीको सम्बन्ध कायम गर्न सरकारको ध्यान रहेको भन्दै भारतभ्रमणपछि चिन भ्रमण हुनु कुनै ठूलो विषय नभएको उनले बताए । नेता पौडेलले कांग्रेसलाई एजेण्डाबिहिन प्रतिपक्षको संज्ञा दिए ।

प्रकाशित मिति : २४ चैत्र २०७४ शनिबार ००:००  ११ : ४१ बजे