हरि आचार्य, वाणगंगा ।
रक्तदान जीवनदान महादान भन्ने मूल नारा सहित नव प्रभात वचत तथा ऋण सहकारी संस्था लि.भलवाडको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भैरहवाको प्राविधिक सहयोगमा नव प्रभात सहकारीले ६१ औं सहकारी दिवशको अवशरमा वृहत खुल्ला रक्तदान कार्यक्रम सगरमाथा विधा मन्दिरको परीसरमा सम्पन्न गरेको छ ।
सो रक्तदान कार्यक्रम बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले पानसमा बत्ति वाली कार्यक्रमको शुभाराम्भ गर्नुभएको थियो । उक्त रक्तदान कार्यक्रमबाट २०० जना रक्तदान गर्न उपस्थित ब्यक्तिद्धारा ८० पोइन्ट रगत संकलन भएको छ । बहुसंखयक महिलाको उपस्थितिमा सो कार्यक्रम भएको थियो ।
उदघाटन समारोहमा प्रमुख अतिथि तथा वाणगंगा नगरका नगर प्रमुख मंगल प्रसाद थारुले आफुले धेरै पटक रक्तदान गरेकोले यो कार्य निकै महत्वपूर्ण भएको भन्दै नगरपालिकाको तर्फबाट सस्थालाई र रक्तदाता सबैलाई बधाई एवं सुभ कामना दिनु भयो । त्यस्तै स्वास्थ्य चौकी प्रमुख जित बिकाश रायमाझीले स्वास्थ्यका हिसाबले यो निकै प्रभाबकारी भएको जनाउनुभयो ।
कार्यक्रममा सबै भन्दा कम उमेरका १७ बर्सिय प्रकाश गुरुङ एक मात्र युगल श्रीमान श्रीमती दीपक कुवर र तारा कुँवर,सगरमाथा बिद्या मन्दिर संचालक समिति अध्यक्ष्य रोम बहादुर खत्री, कार्यक्रम संयोजक छात्र मणि पाण्डे, सस्थाका ब्यबस्थापक ललीत कुमार बेलबास, चन्द्रसुर्य युवा क्लवका अध्यक्ष रमेश केसि र प्रयास सामाजिक युवा क्लवका अध्यक्ष हरि भुसाल लगायतले रक्तदान गर्नु भयो ।
सस्थाका अध्यक्ष भुवन पौडेलबाट रक्तदान प्रदान गरि सुरु भएको सो कार्यक्रममा प्रथम पटक रक्तदान भए पनि निकै राम्रो भएको कुरा नेपाल रेडक्रस सोसाइटी का प्राबिधिक हरि प्रसाद सापकोटाले बताउनुभयो । भुवन पौडेलको अध्यक्षता, नगर प्रमुख मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता, वडा नं. ९ का वडाअध्यक्ष ध्रुब बेलबासेको विशिष्ट आतिथ्यता, कुमार मधु बेलबासे, जित बिकास रायमाझी, रोम बहादुर खत्री, पत्रकार बाबुराम रायमाझि लगायतको आतिथ्यता, कार्यक्रमका संयोजक छत्रमणि पाण्डे को स्वागत र दीपक कुँवर को संचालनमा कार्यक्रम सम्पन्न भएको नव प्रभातका लेखा संयोजक दीपक कुँवरले जानकारी गराउनु भएको छ ।
२३ चैत्र २०७४ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया