सीताराम चौधरी, चन्द्रौटा ।
बाल संसार शैक्षिक प्रतिष्ठान मन्टेश्वरीले विविध कार्यक्रमसहित बार्षिक परीक्षाफल प्रकाशन गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका ५, शान्तिटोल बगैंचास्थित मन्टेश्वरीले बालप्रतिभाको उजागार गर्दै वार्षिक नतिजा प्रकाशन र पुरस्कार वितरण गरेको हो ।
कार्यक्रमलाई उद्घाटन गर्दै शिवराज ५ की महिला दलित वडा सदस्य खगी सुनारले निजी स्कूललाई नाफामुलक मात्र नबनाई गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताइन् । पछिल्लो समय नाफा कमाउनकै लागि खोलिएका अधिकांश निजी विद्यालय राम्रो नतिजाकै पछि दौडिरहेको उदृत गरिन् । तर बालसंसार मन्टेश्वरी नाफा कमाउनु मात्रै नभई विद्यार्थीहरूको उज्ज्वल भविष्य र गुणस्तरीय शिक्षामा विशेष उन्मुख भएको पाइएको उनले बताइन् । उनले विद्यालयको शैक्षिक स्तरमा गुणात्मक सुधार गरी अगाडि बढ्न शुभकामना दिइन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद खतिवडा, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, शान्ति पुनस्र्थापना गृहका संयोजक भूमिराज भट्टराई खरेन्द्रपुर स्वास्थ्य चौकी इन्चार्ज प्रकाश पोख्रेल, मन्टेश्वरी व्यवस्थापन समिति अध्यक्ष विष्णु पौडेल लगायत लगायतले साना साना बालबालिकाहरुका लागि मन्टेश्वरी निकै प्रभावकारी सावित भएको औल्याउँदै शैक्षिक प्रगति र उज्ज्वल भविष्यको कामनासहित धारणा राखेका थिए ।
कार्यक्रममा मन्टेश्वरीका प्राधानाध्यापक विष्णुप्रसाद पौडेलले विद्यार्थीहरूको नतिजा ग्रेडिङ सिस्टममा प्रकाशन गरिएको बताउँदै, ९३ प्रतिशत विद्यार्थी पास गर्न सफल भएको जनाए । साथै प्रधानाध्यापक पौडेलले विद्यालयको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२३ चैत्र २०७४ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया