किरणमान ब्रजाचार्य, तौलिहवा ।
कपिलवस्तुसंग सटेको भारतको सीमावर्ती क्षेत्र महाराजगंजको नौतुनवामा पंक्षीहरुमा लाग्ने वर्ड फ्लुको प्रकोप देखिए पछि कपिलवस्तुमा सीमा नाकाहरुमा उच्च निगरानी गरिएको छ । एक साता अघि भारतको उत्तर प्रदेशको महराजंग जिल्लाको सुनौली देखि नौतुनवा बजारको बिचमा कुखुरा फर्महरुमा बर्ड फुलु देखिएको पशुपंक्षी क्वारेन्टाईन चेकपोस्ट कृष्णनगरले जनाएको छ । जिल्ला वर्ड फ्लु रोग नियन्त्रण प्राबिधिक समितिको बिहीवार तौलिहवामा बसेको बैठकले छिमेकी देश भारतको सीमाक्षेत्रमा वर्ड फ्लुको प्रकोप देखिएकाले उक्त ठाउसंग सिधा सपंर्क भएका हुँदा निगरानी र उच्च सतर्कता अपनाउने निर्णय भएको पशु सेवा कार्यायका प्रमुख अब्दुल सलामले बताए । ‘भाततको नौतुनावा संग जिल्लाका सिधा संपर्क रहेको छ, खुला सीमाका कारण पंक्षीजन्य कुराहरु समेत भित्रिने गरेकोले समितिले यो निर्णय गरेको हो ’ उनले भने ।
प्रजिअ तथा समितिका अध्यक्ष मदन भुजेलले पंक्षीजन्य कुरा र उत्पादनको सीमानाकाबाट तरिकाले भित्रन सक्ने भएकाले त्यसलाई रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई कडा निर्देशन दिएको बताए । ‘ कुखुरा अण्डा र पंक्षीजन्य उत्पादनको मुल्य भारतमा सस्तो छ, त्यसैले कारोवारीहरुले खुला सीमो फाईदा उठाउदै नेपाल भित्राउन सक्ने भएकाले यसको नियन्त्रणमा प्रहरीले बिशेष निग्रानी गर्नु पर्छ’ उनले भने । ‘भारतको नौतुनवामा वर्ड फ्लुको प्रकोप देखिएको छ, त्यसले हाम्रो जिल्ला पनि उच्च जोखिममा छ, यसको नियन्त्रणमा सबै सरोकारवालाले चासो दिन जरुरी छ’ उनले भने ।
प्रहरी उपरिक्षक भोजजंगह शाहले जिल्लाभरमा रहेका सबै प्रहरी युनिटलाई भारतबाट हुने अबैध पंक्षीजन्य निकासीलाई रोक्न कडा निर्देशन दिएको बताए । ‘ कपिलवस्तु पनि वर्ड फ्लुको उच्च जोखिमा परेको छ, भारतबाट अबैध पंक्षीजन्य बस्तुहरु भित्रिन सक्ने भएकाले त्यसलाई नियन्त्रणम गर्न बिशेष निगरानी गरेका छौ ’ उनले भने । जिल्लामा नियमित र बिभिन्न क्षेत्रमा संचालन भैरहेको रोकथाम कार्यक्रमलाई बृहदरुपमा लैजाने समते निर्णय भएको पशु सेवा कार्यालयका प्रमुख सलामले बताए । ‘सर्भिलेन्स कार्यक्रम अन्र्गत जिल्लाका बिभिन्न स्थानबाट पंक्षीहरुको नुमना संकलन गर्ने कार्य अघि बढाउँछौ’ उनले भने ।
स्थानीय पत्रपत्रिका तथा एमबाट वर्ड फुल संबन्धी जनचेतनामुलक सन्देश प्रशारण गरिने उनले बताए । पशुपंक्षी चेक क्वारेन्टाईन चेकपोस्ट कृष्णनगरका प्रमुख अखिलेश्वर पाण्डेयले नवलपरासी, रुपन्देशी र कपिलवस्तुको सीमानाकाहरुमा बिशेष निगरानी हुनु पर्ने बताए । उनले यस बिषयमा सबै निकाय गंभीर हुनु पर्ने बताए ।
उता पशु सेवा कार्यालयले जिल्लाका १० वटै स्थानीय तहलाई लिखित जानकारी समेत गराएको जनाएको छ । भारतमा जिउँदो कुखुराको मासु प्रती किलो ७० भारुमा पाईन्छ । जिल्लामा प्रति किलो १ सय ७० को हाराहारीमा छ । यस्तै भारतीय चल्ला प्रति गोटा नेपाल भन्दा ४० देखि ४० रुपैया सस्तो पाईन्छ । भारतमा वर्ड फ्लु देखिए पछि त्यहा मासु र अण्डा झन सस्तिएकाले जिल्लामा भित्रिन सक्ने देखिएको ब्यापारीहरु बताउछन । ब्यापारीहरुले प्रहरी प्रशासनले भारतीय पंक्षीजन्य पदार्थको नियन्त्रणमा बिशेष ध्यान दिनु पर्ने माग गरेका छन । वर्ड फुलु कै कारण सरकारले २०६२ साल देखि भारतबाट पंक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाउदै आएको छ । बैठकमा नेपाली सेना, सशस्त्र प्रहरीका प्रतिनिधि, नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष केशव सिंह लगायतको सहभागीता थियो ।
२३ चैत्र २०७४ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया