पार्वती आचार्य, कपिलवस्तु ।
कपिलवस्तु नगरपालिको आयोजनामा वडा नं १२ सौराहामा सुनौला हजार दिन सञ्चार अभियान सम्बन्धि एक दिने पोषणका अभिमुखीकरण कार्यक्रम विहिवार गरिएको छ । वडाका ३० जना सुनौला हजार दिन भित्रका आमाहरुलाई उक्त अभिमुखीकरण गरिएको हो । उक्त अभिमुखी कार्यक्रममा जिल्लामा पोषणको अवस्था, सुनौला हजार दिनको परिचय, वुद्धिको विकास, हजार दिनका आमाहरुले अपनाउनु पर्ने व्यवहारको वारेमा जानकारी गराइएको थियो ।
त्यस्तै खोप वृद्धि अनुगमन, थप खाना बालबिटाको महत्व, हरेक बार खाना ४ को महत्व लगायतको बारेमा बताइएको थियो । कार्यक्रम सहजिकरण सौराहा स्वास्थ्य चौकीका ईन्चार्ज रिम बहादुर पाटा, कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश प्रसाद गुप्ता, पत्रकार पार्वती आचार्यले गर्नु भएको थियो ।
यस्तो कार्यक्रमले महिलाहरुलाई स्वास्थ्यमा विशेष ध्यान पुर्याउने सहभागी महिलाहरुले बताएका थिए । कार्यक्रम वडा नं १२ का अध्यक्ष ओम प्रकाश पाण्डेयको अध्यक्षतामा भएको थियो ।
२३ चैत्र २०७४ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया