८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

अपाङ्गता भएका व्यक्तिलाई साथको आवश्यक्ता



माधव बेल्वासे, चन्द्रौटा ।
अपाङ्गता भएका व्यक्तिहरुलाई जनप्रतिनिधिले प्रथमिकता दिनुपर्नेमा जोड दिएका छन । कपिलवस्तुको चन्द्रौटामा भएको एक भेलालाई सम्वोधन गर्दै वोल्ने वक्ताहरुले यस्तो वताएका हुन । शारीरिक रुपमा अपाङ्गता रहेका व्याक्तिहरु आफैमा एक सचेत भएर आफ्नो अधिकारको लागी लड्नुपर्ने वताए । शिवराज नगरपालिकाको सहयोगमा नगरस्तरीय अपाङ्ग पुनस्थापन समितिको आयोजनामा भएको भेलालाई सम्वोधन गर्दै वोल्ने वक्ताहरुले अपाङ्गको अधिकारको लागी एक जुट भएर लाग्नुपर्ने वताए ।कार्यक्रममा वोल्दै शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले शारिरिक अपांगता भएका व्यक्तिलाई उनीहरुको परिचयपत्र नगरपालिकाबाटै वितरण गर्ने प्रकृया मिलाउन लागेको बताए ।
अपांगता भएका व्यक्तिले नगरपालिकाबाट पाउनु पर्ने सेवा सुविधाहरु चुस्त दुरुस्त पार्ने प्रतिवद्धता समेत अधिकारीले व्यक्त गरे । यस भेलाबाट नगर भित्र रहेका अपांगता भएका व्यक्तिहरु संग परिचय भएको र अपांगताहरुलाई सामाजिक, आर्थिक, शैक्षिक तबरबाट माथी उठाउन नगरपालिकाले कुनै किसिमको कसर बाकी नराख्ने अधिकारीले बताए ।
अधिकारीले नगरपालिका भित्र बन्ने सरकारी भवन पुर्ण रुपमा अपाङ्ग मैत्री बन्ने उदघोष गरे ।अहिलेको वजेटमा अपांङ्गको लागी भनि ६ लाख वजेट छुट्टाएको जनाए ।कार्यक्रममा वोल्दै उपप्रमुख शिवकुमारी थारुले अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष किसिमका कार्यक्रम ल्याउने वताइन ।थारुले अपाङ्गता व्याक्ति आफु सचेत भइ नगरपालिकामा प्रस्तावना ल्याउन आग्रह गरीन ।
कार्यक्रममा वोल्दै अपाङ्ग उत्थान समाज कपिलवस्तुका सस्थापक अध्यक्ष मित्रलाल शर्माले जनप्रतिनिधिहरुले अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताका साथ हेरिनुपर्नेमा जोड दिए । शारिरिक रुपमा अपाङ्गता भएपनि उसले अन्य कामहरु गर्न सक्ने भएकाले शिक्षा,रोजगार लगाएतका विषयहरु प्रदान गरिनुपर्ने जनाए ।शर्माले कपिलवस्तु लगाएत अन्य जिल्लाका सम्पुर्ण अपाङ्ग भएका व्याक्तिहरुलाई एकजुट बनाएर अधिकारको लागी लड्ने जनाए । नगरस्तरीय अपाङ्ग पुनस्थापन समितिका उपाध्यक्ष भेषकुमारी थापाको अध्यक्षता शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा दिपक खड्काको स्वगत मन्तव्य र झविन्द्र भण्डारीको संचालनमा सम्पन्न हो ।

प्रकाशित मिति : २३ चैत्र २०७४ शुक्रबार ००:००  २ : ११ बजे