जानु पाण्डे, गोरुसिंगे ।
बुद्धभुमि नगरपालिका बडा नं. २ का जनताले बाल विवाह नगर्ने प्रतिवद्धता गरेका छन । विहीवार वडा नंं २ वडा कार्यालयमा भएको बाल बिबाह अन्त्यका लागी एक दिने गोष्ठी तथा प्रतिवद्धता कार्यक्रममा सो प्रतिवद्धता गरीएको थियो । सनसाईन सामाजिक विकास संस्था र सेभ द चिल्ड्रेनको सहयोग तथा वडा बाल संरक्षण तथा सम्र्वधन समिती बुद्धभुमी २को आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरुले बाल विवाह अन्त्यका लागी जोड दिएका थिए ।
कार्यक्रममा वोल्दै बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले यस बडा अरु बडा भन्दा अगाडि भएकोले सवै बडालाई सिकाई हुने गरी काम गरी अगाडी वढनु पर्ने वताउनुभयो । बाल विवाह अपराध भएको ले विवाह गर्ने, विवाह गराउने, विवाहमा उपश्थित हुने सवै अपराधी सरह भएको वताउनुभयो ।
बाल विवाह मुक्तको तयारीमा रहेकोले २० बर्ष उमेर नपुगी विवाह गर्नेलाई सजायको भागेदारी वनाईने छ । हाम्रो काम सुरुमा संम्झाउने हो । सम्झाउदा पनी अटेर गर्नेलाई कानुन अनुसार कारवार्हि गरीने वडा नंं २ का वडा अध्यक्ष भेषराज शर्मा खनालले वताउनु भयो । कार्यक्रममा वुद्धभुमी नगरपालिकाका उपमेयर मिरा थारु, समाजसेवि शुभलाल भुसाल, सनसाईन सामाजिक विकास संस्थाका कार्यक्रम अधिकृत धनेश्वरी घर्ती, जयनगर स्वास्थ्य चौकीका प्रमुख खुविराम खनाल लगायतले बाल विवाह नगर्नका लागी स्थानियवासीलाई सुझाव दिनु भएको थियो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय गोरुसिंगे, जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु, बाल संजाल, महिला स्वास्थय स्वयसेविका लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा गोरुसिंगे बजारमा पदयात्रा गर्दै समापन गरीएको थियो । पदयात्राका क्रममा स्थानिय नागरीकले समेत प्रतिबद्धता पत्रमा सर्मथन गरी हस्ताक्षर गरेका थिए ।
२३ चैत्र २०७४ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया